प्रधानमन्त्री अेालिले मागे क्षमा

प्रकाशित मिति : बिहिबार, असार २६, २०७६

काठमाडौं : भारतबाट आयात गरिने तरकारी र फलफूलमा विषादी परीक्षणबारे भारतीय दूतावासले पठाएको पत्रबारे आफूलाई पनि झुक्याइएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले क्षमायाचन गरेका छन् । ‘संविधान कार्यान्वयन र प्रशासनिक पुर्नसंरचना’ विषयक कार्यशाला गोष्ठीलाई बिहीबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले क्षमा मागेका हुन् ।

विषादी प्रकरणमा आफू लज्जित हुनुपरेको प्रधानमन्त्रीले बताए। भारतबाट आएको पत्रको सम्बन्धमा आफूलाई पनि झुक्याएको उनले दाबी गरे। सुरुवातमा आफूलाई दूतावासबाट पत्र आएको छ भन्ने जानकारी नै भएको बताए।

‘पत्र आएको रहेछ तर मलाई जानकारी दिइएन, यसबाट म लज्जित भएको छु, क्षमायाचना गर्छु,’ उनले भने ।

यो विषयलाई गम्भीर रुपमा लिएको भन्दै प्रधानमन्त्रीले अनुसन्धान गर्ने पनि बताए । ‘नियतवस हो वा सामान्य लापरवाही हो,’ उनले भने, ‘त्यसमा म बुझ्दैछु’ ।

उनले नेपालीको जनताको भान्सामा शुद्ध खाना पाक्नुपर्ने बताउँदै सरकारविरुद्ध चलाइएको मिसन पूरा नहुने समेत बताए ।