पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, ट्वीटका कारण सामाजिक सञ्जालमा भाइरल

प्रकाशित मिति : सोमवार, असार ३०, २०७६

ईंग्ल्यान्ड र न्यूजिल्याण्डबीच भएको विश्वकप क्रिकेट २०१९ को फाईनल खेल गएराति ईतिहासकै रोमाञ्जक बन्यो । विश्वकप ईतिहासको फाईनल खेल पहिलो पटक सुपर ओभरमा गयो । क्रिकेटका पारखीहरुले हेर्नलायक खेलको मज्जा राम्रै सँग लिए ।

सुपर ओभरपछि पनि दुवै टोलीको रन बराबरी भयो । अन्ततः निर्णायक टोलीले ईंग्ल्यान्डलाई बिजेता घोषित गर्यो । ईंग्ल्यान्डको टोलीको २ वटा बाउन्ड्री हानेका विजेता घोषित गरिएको थियो ।

यसैबीच, खेल सुपरओभरमा गएपछि समाजवादी पार्टी नेपालका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले एक ट्वीट गरे जून एकैछिनमा फेसबुक लगायत सामाजिक सञ्जालमा एकैछिनमा भाईरल बन्यो ।

ट्वीटमा लेखेका छन्, “क्रिकेट अनिश्चयको खेल त्यसै भनिएको हैन रहेछ ‘आईसीसी वल्र्डकप’को फाईनलमा अष्ट्रेलिया र न्यूजिल्याण्डबीचको खेल रोमाञ्चक मात्र हैन गज्जब रह्यो, ५० ओभरमा दुवैको २४१/२४१ रन” । बाबुरामले आफ्नो उक्त ट्वीट सच्याउन सक्थे यद्धपी उनले डिलिट नै गरेका छन् ।

अहिले उक्त ट्वीटको स्क्रिन सट भाईरल बनिरहेको छ । कुन कुन देशको खेल सम्मा नजान्ने कसरी पाटिको जिम्बेबारी भए भन्नेमा प्रश्न खडा भएको छ । कतिपयलेउक्त ट्वीटका कारण बाबुरामको बौद्धिकतामाथि प्रश्न उठाईरहेका छन् ।