सामाजिक सञ्जाल फेसबुक र भाइबरबाट ८० लाख ठग्ने गिरोह पक्राउ

प्रकाशित मिति : बुधबार, साउन १, २०७६

काठमाण्डौ : सामाजिक सञ्जाल फेसबुक, भाइवर, इमो, ह्वाट्स एपलगायत मार्फत ठगी गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ ।

सामाजिक सञ्जालमा तारा ग्याजेट नामक पेज बनाएर सस्तो मूल्यमा विदेशी महंगा ब्रान्डका ल्यापटप, मोबाइल घडी क्यामेरालगायतका सामग्री ल्याइदिने भन्दै एक महिनाभित्र ८० लाख रुपैयाँ ठगी गर्ने ३ जनालाई महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले काठमाण्डौको खुसीबुबाट पक्राउ गरेको हो ।

ठगी गर्ने तारा ग्याजेट पेजका सञ्चालक भारतका आकिव जावेद, महोत्तरीको सोनमा गाउँपालिकाका एमडी सगिर शेख र महोत्तरीको गौशलाका यमदादुल मोमिनलाई प्रहरीले पक्राउ गरेको हो । पछिल्लो समय सामाजिक सञ्जालबाट ठग्ने क्रम बढिरहेको भन्दै प्रहरीले सचेत हुन पनि आग्रह गरेको छ ।