आजको राशिफल

प्रकाशित मिति : शुक्रबार, साउन ३, २०७६

वि.सं.२०७६ साल साउन ०४ गते , शनिबार ।  सन् २०१९ जुलाई २० तारिख । सूर्योदय ०५ बजेर २१ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर ५८ मिनेट

मेष राशी ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )

अरुको भर पर्दा महत्वपुर्ण उपलब्धिहरु गुम्न सक्छ ध्यान दिनुहोला । धन तथा स्थाई सम्पतिको परिचालन गर्दा ध्यान दिनुहोला । अरुलाई दिईएका रकमहरु समयमा फिर्ता नहुनाले आफ्नो काम थाति रहनेछ । सहयोग गर्नेहरु टाडिनेछन् भने दाजुभाई तथा अग्रजहरु सँग मनमुटाब बढ्ने योग रहेकोछ । खोज तथा अनुशन्धानको क्षेत्रमा अलि बढि मेहनेत गरेमात्र नतिजा आफैतिर ल्याउँन सकिनेछ ।

बृष राशी ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )

कर्मभावमा गोचर गर्ने शुभ चन्द्रमाले व्यापार व्यावसायमा लगानि गरि मनग्गे लाभ लिन सकिनेछ । राजनीति तथा समाजसेवामा जनताको गतिलो समर्थन पाईनेछ । पढाई लेखाईमा भनेजस्तो नतिजा हात पार्न सकिने हुनाले गुरुवर्ग तथा आफन्त खुसि हुनेछन् । माया प्रेममा सामिप्यता बढ्नेछ । कार्यक्षेत्रका प्रभाव बढ्ने तथा बढोत्तरिको योग रहेकोछ ।

मिथुन राशी ( का, कि, कु, घ, ङ, छ, के, को, हा )

राम्रा तथा परिणाममुखि काम गरि अरुको मन जित्न सकिनेछ । आर्थिक समस्या हल भएर जानेछ भने व्यापारमा बृद्धि हुनेछ । खोज तथा अनुशन्धानको क्षेत्रमा समय लगानि गर्नेहरुले सफलता हात लगाउन सकिनेछ । धार्मिक कार्यमा मन जानेछ भने धार्मिक तथा शैक्षिक यात्राको प्रशस्त सम्भावना रहकोछ । माया प्रेममा नजिक भई आफ्ना भावना साटासाट गर्न सकिनेछ ।

कर्कट राशी ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )

खानपान तथा मौसमको ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आउँन सक्छ । भौतिक सम्पति तथा औजारको प्रयोग गर्दा ध्यान दिनुहोला अप्रिय घट्ना नहोला भन्न सकिन्न । आफन्त तथा दिदिबहिनी सँग मनमुटाब बढ्नेछ । अध्ययनमा नतिजा हात पार्नको लागि बढिनै समय खर्चनु पर्नेछ । एष्ट्रा खर्च बढ्नाले दैनिकी प्रभावित हुनेछ । प्रेममा अबिश्वास बढ्नेछ ।

सिंह राशी ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )

व्यापारको शिलशिलामा लामो दुरिको यात्राको अधिक सम्भावना रहेकोछ भने व्यावसायमा लगानि गरि प्रशस्त नाफा कमाउँन सकिनेछ । भौतिक साधनहरु जुट्नेछन् प्रविधिको प्रयोग मार्फत मनग्गे धन आर्जन गर्न सकिनेछ । अध्ययन,लेखन,कलासाहित्य तथा गित संगितमा चासो बढ्नेछ भने तपाईको प्रतिभाको उच्च कदर हुँनेछ । प्रेम सम्वन्धमा विश्वासको वाताबरण बढ्ने तथा दाम्पत्य जीवन सुमधुर बन्नेछ भने जीवन साथिको सहयोगले राम्रा काम गर्न सकिनेछ ।

कन्या राशी ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )

न्यायिक निर्णयहरु आफ्नो पक्षमा पार्न सकिनेछ भने सत्रु परास्त हुनेछन् । बिद्या तथा प्रतिष्पर्धामा तपाईको नाम अग्र स्थानमा आउँनेछ । प्रेममा रमाउँन चाहनेहरुका लागि समयले साथ दिनेछ । व्यापारमा लगानि गरि दिगो फाईदा हुने कार्य शुभारम्भ आरम्भ गर्न सकिनेछ । पुराना थाति रहेका कामहरु सम्पादन हुनेछन् ।

तुला राशी ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )

अध्ययनमा भनेजस्तो नतिजा ल्याउँन सकिनेछ भने शिक्षा क्षेत्रसँग सम्बन्धित पेशा व्यावसायबाट मनग्गे धन आर्जन गर्न सकिनेछ । तपाईले गरेको पेशा व्यावसायमा सन्तान तथा छोराछोरीको पनि सहयोग प्राप्त हुनोल आम्दानि बढ्नेछ । प्रेममा रमाउँन चाहनेहरुका लागि आजको दिन उत्तम रहेकोछ । बौद्धिक कार्यक्रममा सहभागि भई आफ्नो प्रश्तुती प्रश्तुत गर्ने अवसर प्राप्त हुनेछ ।

बृश्चिक राशी ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )

राजनिति तथा समाजसेवामा समय लगानि गर्दै हुनुहुन्छ जनताको काम गर्न नसक्दा आलोचना सुन्नुपर्नेछ । अन्य व्यापार व्यावसायमा मन्दि आएपनि घरजग्गा तथा सवारि साधनको कारोबारबाट मनग्गे धन आर्जन गर्न सकिनेछ । आमाको स्वास्थ्यमा समस्या आई औषधि उपचार खर्च बढ्नेछ । प्रेममा आजको दिन नजिक नहुदानै राम्रो हुनेछ ।

धनु राशी  ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )

उत्कृष्ट नजिता हातपार्न काममा थोरै समय लगानिनै काफि हुनेछ । छोटो तथा रमाईलो यात्राको तय गर्न सकिनेछ । विवादित बिषयको निर्णय तयाईकै पक्षमा हुनेछन् । दाजुभाई तथा छिमेकि सँग मिलेर गरिने व्यापार व्यावसाय फस्टाएर जानेछ । भौतिक सम्पति तथा नगद जुट्नाले लगानि गर्ने सहज बाताबरण बन्नेछ । प्रेममा सामिप्यता बढेर जानेछ ।

मकर राशी ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )

धन स्थानमा गोचर गर्ने शुभ चन्द्रमाले बन्द व्यापारबाट भनेजस्तो आम्दानि हुनेछ । सर सापटि दिईएका रुपैया पैसा उठ्ने तथा आफन्तको सहयोगले उपलब्धिमुलक काम गर्न सकिनेछ । बोकिकै भरमा राम्रा तथा प्रतिष्ठित काम गर्न सकिनेछ । परिवारका साथमा यात्रा गर्न सकिने तथा मिष्टान्न भोजनको ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । अभाव हट्ने तथा नाम दाम कमाउँन सकिनेछ ।

कुम्भ राशी ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )

समाजसेवा तथा राजनितिमा समय व्यातित गर्नेहरुका लागि समय मध्ययम रहेकोले समर्थन भन्दा आलोचना सहनु पर्नेछ । व्यापारमा मन्दि आउँने तथा खर्च धान्न अलि गाह्रो पर्नेछ । तरपनि सुचना प्रबिधिको प्रयोग मार्फत राम्रा तथा परिणाममुखि काम गर्न सकिनेछ । अध्ययनकै शिलशिलामा यात्रा गर्न सकिनेछ तथा अलि बढि समय दिए राम्रो नतिजा हात पार्न सकिनेछ ।

मिन राशी ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )

भौतिक तथा बिलाशि बस्तुको प्रयोग गर्दा ध्यान दिनुहोला समय मध्ययम रहेकोछ । ओभर कन्फिडेन्टले नतिजा शुन्य जस्तै हुनेछ । व्यापारमा नाँफा कमाउँन निकैनै समय खर्चनु पर्नेछ । पढाई लेखाईमा मनग्गे समय खर्चिएपनि न्युन सफलता हातलागि हुनेछ । खानपान तथा स्वास्थ्यमा ध्यान नदिए खर्च बढ्ने योग रहेकोछ ।

 तपाईको दिन शुभ रहोस् ।