गृहमन्त्रीको अभिव्यक्तीले निर्मला हत्या प्रकरणमा बढायो त्रास

प्रकाशित मिति : मङ्लबार, साउन ७, २०७६

लामो समय देखि व्यापक दवाव र्सजना गरेर कंचनपुरमा बलात्कार पछि हत्या गरिएकी बालिका निर्मला पन्तको हत्यारा पत्ता लगाएर सार्वजनिक गर्नु त कता हो कता उल्टै गृहमन्त्री रामबहादुर थापा बादलले निर्मला प्रकरण पहिलो नभएको र भोलीका दिनमा पनि यस्ता घटना हुन सक्ने भन्दै आपत्तीजनक अभिव्यक्ति दिएका छन् ।

मन्त्री बादलले निर्मला प्रकरणलाई व्यापक राजनितिकरण गर्न खोजिएको भन्दै आगामी दिनमा पनि यस्ता घटना हुन सक्ने भन्दै निर्मला हत्या प्रकणलाई सामान्यीकरण गर्न खोजेका छन् ।

मंगलबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा गृहमन्त्री थापाले निर्मला पन्तको बलात्कारपछि हत्याको घटना जघन्य अपराध भएको बताए । तर यस्ता घटनालाई पूर्णरुपमा रोक्न नसक्ने भन्दै उनले भने, ‘यस किसिमका अपराध नयाँ र पहिलो होइन । निर्मला प्रकरणहरु यसभन्दा अगाडि पनि थिए, आज पनि छ र भोलि पनि केही समयसम्म रहन्छ । यस किसिमको अपराधलाई पूर्ण रुपमा निषेध गर्न हामी सक्दैनौं ।’मन्त्री बादलले निर्मला पन्त प्रकरणको राजनीतिकरण भएको भन्दै असन्तुष्टि जनाएका छन् । गृह जोडिएको छ, अपराधीहरुलाई बचाउन खोज्यो भन्नु दुःखद भएको उनले बताए ।

उनले निर्मला प्रकरणको राजनीतिकरण भएको बताए । ‘यो घटनामा गृह नै जोडिएको छ, अपराधीलाई बचाउन खोजिएको छ भनेर राजनीतिकरण गर्नु दुःखद हो’ उनले प्रतिप्रश्न गरे, ‘के साच्चै गृहले छुटाउन खोजेकै हो त ?

उनले यस्ता घटनामा ९५ प्रतिशत र समग्र अपराधमा संलग्नलाई पक्राउ गरी कारबाही गर्न नेपाल प्रहरी ९७ प्रतिशत सफल भएको तथ्यांक प्रस्तुत गरे । केही घटनामा सफलता हात पार्न नसकिएको र विगतका सरकारका पालामा भएका घटनामा पनि यस्तो हुने गरेको भन्दै गृहमन्त्री थापाले भने, ‘यस्तो अरु देशमा पनि हुन्छ । अमेरिकामा पनि हुन्छ ।’

यद्यपि निर्मला प्रकरण र यस्ता अपराधिक घटनामा संलग्नहरुलाई कानुनी कठघरामा ल्याउन सरकार प्रतिवद्ध रहेको गृहमन्त्री थापाले बताएका छन् ।
चाँडो भन्दा चाँडो अपराधी पत्ता लगाएर कारवाही गरेको सुनाउँलान् भनको जिम्मेवार मन्त्रीबाटनै यस्तो अभिव्यक्ति आए पछि यसले समाजमा झनै डर बढाउँन सक्ने वुझिन्छ । अरु पनि यस्ता घटना हुन सक्छन् यसलाई सामान्य रुपमा लिनु पर्छ भन्ने गृहमन्त्रीको अभिव्यक्ति थप पेचिलो बन्न सक्ने देखिन्छ ।