२०७६ साल साउन १० गतेको राशिफल

प्रकाशित मिति : शुक्रबार, साउन १०, २०७६

वि.सं.२०७६ साल साउन १० गते । शुक्रबार । ईश्वी सन् २०१९ जुलाई २६ तारिख । नेपाल संवत् ११३९ ।

मेष राशि

समाजमा राम्रा काम गर्न सकिने हुँदा ईज्जत प्रतिष्ठामा बृद्धि हुनेछ । बन्द व्यापार फस्टाएर जाने हुनाले आर्थिक अवस्था सुदृड हुनेछ । प्रेममा एक अर्कालाई विश्वास गर्न सकिने मन प्रशन्न हुनेछ ।

नयाँ प्रबृधिको प्रयोग मार्फत आम्दानि बढाउँन सकिनेछ । राजनितिमा सबैलाई मिलाएर लान सकिने हुँदा पद प्राप्तीको योग रहेकोछ । परिवारका साथ रहेर मिठो मसिनो भोजन गर्ने अवसर जुर्नेछ ।

बृष राशि

लामो दुरिको यात्राको लागि समय उत्तम रहेकोछ । विदेशी सामानको व्यापार व्यावसाय फस्टाएर जाने तथा बिदेशमा बसेर श्रम तथा अध्ययन गर्नेहरुका लागि समय फलदायि रहनेछ ।

खानपामा ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आउँन सक्छ । आकस्मिक खर्च हुनाले दैनिकी प्रभावित हुनेछ । प्रेममा रमाउँन चाहनेहरुका लागि समय मध्ययम रहेकोछ ।

मिथुन राशि

सानो लगानिबाट मनग्गे धन आर्जन गर्न सकिनेछ भने व्यापार व्यावसाय फस्टाएर जानेछ । मन परेको वस्तु प्रयोग गर्न पाईनाले मन प्रशन्न हुनेछ ।

बुवा तथा अग्रजहरुको धन तथा सम्पतिको प्रयोग गरि आए आम्दानि बढाउँन सकिनेछ । पढाई लेखाईमा मन जानेछ भने प्रेमको डोरो कसिलो भएर जानेछ ।

कर्कट राशि

राजनिति तथा समाजसेवामा समय लगानि गर्नेहरुका लागि जनताको समर्थन पाईने तथा पद प्राप्तीको योग रहेकोछ । व्यावसायमा लागनि बढाई मनग्गे धन आर्जन गर्न सकिनेछ भने बिभिन्न अवसरहरुले पछ्याउनेछन् ।

प्राकृतिक स्रोत तथा सम्पतिको प्रयोग गरि आए बढाउँन सकिनेछ । पढाई लेखाईमा मन जाने तथा नतिजा आफैतिर ल्याउँन सकिनेछ ।

सिहं राशि

बौद्धिक,प्राज्ञिक तथा सिर्जनात्मक कामबाट भनेजस्तो नतिजा हात पार्न सकिनेछ । धर्म तथा अध्यात्म क्षेत्रमा बिशेष रुचि बढ्नेछ । दार्श्निक बिषयवस्तुमा मन जाने हुनाले फराकिलो ज्ञान आर्जन गर्न सकिनेछ ।

व्यापार व्यावसाय फस्टाएर जाने हुनाले प्रशस्त आम्दानि हुनेछ । दाम्पत्य सुख,प्रेमसम्बन्ध तथा पारिवारिक सम्बन्ध सुमधुर हुनेछ ।

कन्या राशि

आफन्त तथा दिदि बहिनी सँग मनमुटाब सिर्जना हुने योग रहेकोछ । समय तथा परिस्थिति अनुशार नचल्नाले दुख पाईनेछ । व्यापार व्यावसायमा समय दिन नसक्दा घाटा लाग्ने योग रहेको छ ।

माया प्रेममा धोका हुनेछ भने पति दाम्पत्य जीवनमा घटपट आउँनेछ । सामान्य स्वास्थमा समस्या आई उपचार खर्च बढेर जानेछ । पढाई लेखाईमा समय दिन नसक्दा अरुभन्दा पछि परिने चिन्ताले सताउँनेछ ।

तुला राशि

व्यापारमा साझेदारहरु बिच मनमुटाब बढ्ने हुनाले सम्यम भएर प्रस्तुत हुनुहोला । आर्थिक कारोबार बिग्रनाले दैनिकी प्रभावित हुनेछ । व्यावसायिक यात्रा भएपनि गन्तव्य पहिल्याउँन मुस्किल पर्नेछ ।

अध्ययनमा मन नजादा अरुभन्दा पछि परिनेछ । भौतिक तथा विलाशी बस्तुको प्रयोग गर्दा ध्यान दिनुहोला अप्रिय घटना नहोला भन्न सकिन्न ।

बृश्चिक राशि

प्रतिष्पर्धिलाई किनारा लगाउँदै अधिकार तथा प्रतिष्ठा जोगाउँन सफल होईनेछ । पढाई लेखाईमा गरिएको मेहनेतबाट भनेजस्तो नतिजा हात पार्न सकिनेछ । न्यायिक निर्णयहरु तपाईकै पक्षमा हुनेछन् ।

प्रेममा सामिप्यता बढेर जानेछ । व्यापार व्यावसाय फस्टाएर जाने तथा थप लगानि गर्ने वाताबरण बन्नेछ । खर्च बढेपनि राम्रा तथा उपलब्धिमुलक काम हुनेछन् ।

धनु राशि

शुभचिन्तक तथा आफन्तको साथ सहयोगले उपलब्धिमुलक कामहरु गर्न सकिनेछ । बौद्धिकताको प्रयोग मार्फत चेतनाको स्तर उकास्न सकिनेछ । माया प्रेमको गाठो सकिनेछ ।

शिक्षा क्षेत्रसँग सम्बन्धित व्यापारमा लगानि गरि मनग्गे धन आर्जन गर्न सकिनेछ । मन परेको मानिसबाट उपाहार तथा भौतिक सम्पति प्राप्त हुनेछ । राज्यको नजिक भएर कामगर्नेहरुले पद पाउँने योग रहेकोछ ।

मकर राशि

अरुकै काममा समय व्यातित हुँदा आफ्नो कामभने थाति रहनेछ । राजनिति तथा समाजसेवामा जनताको आलोचना सहितको समर्थन प्राप्त हुनेछ । अध्य व्यापारमा मन्दि आएपनि कृषि तथा पशुपालन व्यावसायबाट मनग्गे धन आर्जन गर्न सकिनेछ ।

बिश्वास गरेकै मानिसबाट धोका पाईनेछ भने आमा वा आमा सरहका मानिससँग मनमुटाब बढ्ने योग रहेकोछ ।

कुम्भ राशि

आट,शाहस तथा पराक्रमा बृद्धि भएर जाने हुनाले उपलब्धिमुलक कामहरु गर्न सकिनेछ । न्यायिक निर्णयहरु तपाईकै पक्षमा आउँनेछन् भने बिवाद तथा प्रतिष्पर्धामा तपाईको नाम अग्र स्थानमा आउँनेछ ।

लेखन कला तथा साहित्यमा बाकि रहेको कामलाई पूर्णता दिन सकिनेछ । प्रेम प्रशङमा रमाउँने चाहनेहरुला लागि समय उत्तम रहेकोछ ।

मीन राशि

बोलीको प्रभाव बढ्ने तथा बोलेरै धेरै रुपैया पैसा कमाउँन सकिनेछ । मेहनेतले प्रतिष्पर्धिहरुलाई जित्न सकिनेछ भने अध्ययनमा सफलता हात पार्न सकिनेछ । सत्रु तथा बैरभाव राख्नेहरु कमजोर हुनेछन् ।

छोटो दुरिको रमाईलो यात्राको तय गर्न सकिनेछ । लेखन तथा साहित्यको क्षेत्रमा समय लगानि गर्नेहरुका लागि समय फलदायि रहनेछ ।