सम्बन्धविच्छेद गर्ने पुरुष बढे

प्रकाशित मिति : शुक्रबार, साउन १०, २०७६

ओखलढुंगा: पुरुषले पनि सम्बन्ध विच्छेदका मुद्दा दर्ता गर्न सकिने नयाँ कानुनी व्यवस्थासँगै ओखलढुंगाका ३२ जना पुरुषले जिल्ला अदालतमा मुद्दा दर्ता गराएका छन् ।

मुलुकी देवानी कार्यविधि संहिता ऐन २०७४ मा उल्लिखित व्यवस्थाको प्रयोग गर्दै उनीहरुलेले मुद्दा दर्ता गराएका हुन् ।

जिल्ला अदालतको तथ्यांकअनुसार ओखलढुंगामा गत आर्थिक वर्षमा परेका ८० वटा मुद्दामध्ये ३२ जना पुरुषले सम्बन्ध विच्छेदका लागि मुद्दा दर्ता गराएको स्रेस्तेदार नेत्रबन्धु पौडेलले बताए ।

स्रेस्तेदार पौडेलका अनुसार मुलुकी देवानी संहिता ऐन २०७४ को दफा ९४ को अधिकार प्रयोग गरी मुद्दा दर्ता भएका हुन् । यो समाचार नागरिक दैनिकमा छ ।