संगीताको चोलीको तुनाले कस्सिएर भिडियो सहित बजारमा

प्रकाशित मिति : शुक्रबार, साउन १०, २०७६

काठमाडौं : संगीता रायमाझीले ‘चोलीको तुनाले ’ तीज गीत बजारमा ल्याएकी छिन ।  sangita rayamajhi युटुब च्यानेलबाट आएको उक्त गीत निकै मिठो अनि मार्मिक रहेको छ ।

यस तीज गीतमा स्वयम संगीता कै स्वर र संगीत रहेको छ भने संगीत सम्योजन बुद्ध सयामीले गरेका छन् । गीतमा शब्द भने जर्सिन्द्र श्रीर्पालीको रहेको छ । यस तीज गीतको  भिडियोलाई स्वयम संगीता रायमाझीले निर्देशन गरेकी छिन ।

दुर्गा वान्तावाको छायाङकनमा रहेको भिडियोको सम्पादक नहकुल खड्काले गरेका छन् । यस तीज गीतको म्युजीक भिडियोमा मोडेल तथा नायिका रितिका जिरेल र स्वयम संगीता रायमाझीलाई देख्न सकिन्छ ।

काजल श्रेष्ठ र रुकुको कोरियोग्राफिमा सन्दिप सुब्बाको मेकप रहेको छ । नेपाली गीत संगीत क्षेत्रमा धेरै आशा लाग्दी गायिका तथा मोडेल संगीता रायमझीको यस तीज गीत अरु गीत जस्तै सफल रहोस हाम्रो तर्फबाट शुभकामना ।