२०७६ साल साउन ११ गतेको राशिफल

प्रकाशित मिति : शुक्रबार, साउन १०, २०७६

वि.सं.२०७६ साल साउन ११ गते । शनिबार । ईश्वी सन् २०१९ जुलाई २७ तारिख । नेपाल संवत् ११३९ ।

मेष राशि

रमाईलो यात्रा गर्ने अवसर जुर्ने तथा यात्राका क्रममा मिठो साथिभाईका साथमा मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ ।

रमाईलो गर्दा गर्दै पढाई लेखाईमा समय दिन नसक्दा अरु भन्दा पछि परिन सकिन्छ ध्यान दिनुहोला । बोलिको प्रभाव बढ्ने हुँदा बोलेकै भरमा कामहरु सम्पादन हुनेछन् । व्यापार व्यावसायमा समय दिन सके मनग्गे आम्दानि हुँनेछ ।

बृष राशि

नयाँ कामको अवसर आउने तथा गरिरहेको कामबाट मनग्गे धन आर्जन गर्न सकिनेछ । टाडिएका मित्र तथा आफन्त सँगको भेटले मन प्रशन्न हुनेछ ।

पुराना कमिकमजोरी हरुलाई सच्याउँदै रचनात्मक काम गर्न सकिनेछ । विलाशी बस्तुको प्रयोग मार्फत अरुको ध्यान आकर्षित गर्न सकिनेछ । माया प्रेममा नजिक हुने समय रहेकोछ ।

मिथुन राशि

दैनिक खर्च बढ्न तथा भैपरि आउँने समस्याले सताउँनेछ । स्वास्थ्य सम्बन्धि समस्या बढ्ने तथा उपचार खर्च बढ्ने योग रहेकोछ ।

सापट लगिएका रकम नउठ्नाले दैनिकी असहज हुनेछ । धन तथा भौतिक सम्पति हराउँन तथा लुटिन सक्छ ध्यान दिनुहोला । तापनि लामो दुरिको बिदेश यात्राको गतिलो योग रहेकोछ भने बिदेशी सामानकोे व्यापार फस्टाएर जानेछ ।

कर्कट राशि

कामको सवालमा बिशिष्ट व्याक्तिहरु सँग भेटघाट हुनेछ । आफन्तत,घरपरिवार तथा साथिभाईहरुका सहयोग पाईनाले मन प्रशन्न रहनेछ ।

प्राकृतिक स्रोत साधनको प्रयोग मार्फत मनग्गे धन आर्जन गर्न सकिनेछ । व्यापारमा सानो लगानिबाट भनेजस्तो आम्दानि गर्न सकिनेछ । प्रेममा रमाउँन चाहने जोडीहरुका लागि समय फलदायि रहेकोछ ।

सिहं राशि

राजनितिज्ञको लागि समय मध्ययम रहेकोछ । व्यापारमा प्रशस्त समय दिएपनि आम्दानि न्युन हुनेछ । बुवा तथा अग्रजसँग मनमुटाब बढ्ने तथा घरायसि कुरामा राज बाजिनेछ ।

पढाई लेखाईमा समय दिएपनि नतिजा भनेजस्तो आउँनेछ । माया प्रेममा अबिश्वास बढ्ने योग रहेकोछ । अप्ठयारा परिस्थिति सँग जुध्नुपरेपनि लक्ष्य पहिल्याउँन सकिनेछ ।

कन्या राशि

अल्पकालिन तथा दिर्घकालिन योजना बनाई कार्यान्वयन गर्न सकिनेछ । खोज तथा अनुशन्धानको क्षेत्र बलियो रहनेछ भने पढाईमा मन जानेछ । लामो दुरिको धार्मिक तथा शैक्षिक यात्रा हुने ग्रहयोग रहकोछ ।

बौद्धिक तथा सैद्धान्तिक क्षेत्र फराकिलो हुनेछ । माया प्रेममा रमाउँन सकिनेछ भने आफ्ना भावनाहरु साटासाट हुनेछ । सामाजिक तथा परोपकारि काममा मन जानेछ भने धार्मिक नियमको फलो गर्दै नया काम गर्न सकिनेछ ।

तुला राशि

संकट व्यावस्थापनमा चालिएका कदमहरु निअर्थक हुनेछन् । गोप्य योजनाहरु बाहिरिन सक्छ ध्यान दिनुहोला । आफन्त तथा दिदिबहिनीहरुले पनि सहयोग गर्ने छैनन ।

अल्छि गर्ने बानिले काम बाकि रहनेछ भने शरिर स्वास्थ्य नहुनाले आलश्यता बढेर जानेछ । व्यापारमा लागनि गरिहाल्ने समय नरहेकोले केहि समय पर्खनुनै राम्रो हुनेछ ।

बृश्चिक राशि

कामगर्दा ध्यान दिनुहोला आलोचकहरु बढ्नेछन् । व्यापारमा समय दिएपनि न्यून आम्दानिमा चित्त बुझाउनु पर्नेछ । व्यापारकै शिलशिलामा कष्टकर यात्रा नहोला भन्न सकिन्न ।

साथिभाई तथा जीवन साथिको सहयोग नपाईदा कामहरु बिचमानै छोड्नु पर्ने हुन सक्छ । प्रेममा मनमुटाब सिर्जना हुने योग रहेकोछ । अध्ययनमा मन नजादा नतिजा अरुकै पोल्टोमा पर्नेछ ।

धनु राशि

पढाई लेखाईमा अरुभन्दा पछि परिने चिन्ताले सताउँनेछ । स्वास्थ्यमा कमजोरि देखिनेहुँदा दैनिक कामकाजमा समस्या पैदा हुन सक्छ ख्याल गर्नुहोला ।

व्यापारमा लगानि गर्दा ध्यान दिनुहोला आज गरिने व्यावसायमा नाफा कमाउँन निकै समय खर्चनु पर्नेछ । विवाद तथा प्रतिष्पर्धामा सामेल नहुनुहोला । न्यायिक निर्णयहरु तपाईको पक्षमा नआउँन सक्छ । प्रेममा मनमुटाब सिर्जना हुनेछ ।

मकर राशि

आकस्मिक धन,सम्पति लाभ हुँने तथा चिठ्ठा,उपहार प्राप्तिको योग रहेकोछ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने पति पत्निबिचको मायाको गाठो कसिलो भएर जानेछ ।

सन्तान तथा छोराछोरिले तपाईको काममा भरपुर सहयोग तथा समर्थन गर्नेछन् भने सन्तानको प्रगतिमा मन रमाउँनेछ । बिद्यामा उत्कृष्ट नतिजा हात लाग्ने तथा पुरस्कार तपाईकै पोल्टोमा पर्नेछ ।

कुम्भ राशि

आफ्नै भन्नेहरुले आश्वासन बाड्ने तथा समयमा काम नगर्दिनाले समस्या पैदा हुनेछ । मन परेको मानिस सँग टाडिनु पर्दा मन मुटुमा जलन पैदा हुनेछ ।

घरजग्गा तथा सवारि साधनको विषयमा विवाद गर्नुपर्ला । राजनिति तथा समाजसेवामा जनताको समर्थन भन्दा आलोचनानै धेरै हुनेछ । पाईरहेको पद गुम्ने खतरा रहेकोछ ध्यान दिनुहोला ।

मीन राशि

दाजुभाई तथा छिमेकिसँग सामान्य कुरामा मनमुटाव सिर्जना हुँनेछ । छोटो यात्रा हुँने भएपनि यात्राका क्रममा बिभिन्न बाधा अवरोधहरुको सामना गर्नुपर्नेछ । न्यायलयबाट हुँने न्यायिक निर्णयहरु तपाईको पक्षमा नहुँने हुँनाले आज मुद्दा मामिलामा सामेल नहुँनुहोला ।

माया प्रेममा धोका तथा बिश्वास घात हुँन सक्छ ध्यान दिनुहोला । उद्योग तथा व्यावसायमा लगानि गर्नको लागि केहि समय पर्ख हेरको रणनिति अपनाउँनु पर्नेछ ।