बादल भित्र न्याय हरायो, गृहमन्त्री बादलकै राजिनामा माग

प्रकाशित मिति : शनिबार, साउन ११, २०७६

आफ्नो अभिव्यक्तिका कारण लगातार विवादमा फस्दै आएका गृहमन्त्री रामबहादुर थापा बादलको पद धरापमा परेको छ । केहि दिन अघि गृहमन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा निर्मला पन्त पक्ररणमा मन्त्री थापाले दिएको अभिव्यक्तिका कारण गृहमन्त्री थापाको व्यापक आलोचना भइरहेको छ ।

निर्मलाको जस्तो घटना पहिले पनि भएको र आगामी दिनमा पनि हुन सक्ने भन्दै उनले यसलाई सामान्य रुपमा लिनु पर्ने बताएका थिए । उनको यस्तो अभिव्यक्ति लगत्तै जिम्मेवार मन्त्रीका कारण दोषीको मनोवल झनै बढेको भन्दै मन्त्री थापा विरुद्ध मोर्चाबन्दी भइरहेको छ । प्रमुख प्रतिपक्षी नेपाली काग्रेसले गृहमन्त्रीलाई नछोड्ने बताइसकेको छ ।

काग्रेस प्रवक्त विश्वप्रकाश शर्माले मन्त्रीको भनाइ व्यक्तिगत होकी सरकारको आधिकारिक भनेर गृहमन्त्रीलाई उम्कन नदिने संकेत गरिसेका छन् ।

 

यता नेपाली काग्रेसको भातृसंगठन नेविसंघले पनि शुक्रबार राजधानीमा प्रदर्शन गर्दै गृहमन्त्री थापाको राजिनामा मागेको छ । विहान र बेलुका राजधानीका गृहमन्त्री विरुद्ध चर्को नारावाजी गर्दै नेविसंघले बादलको राजिनामा मागेको छ । निर्मलाले न्याय कहिले पाउँछिन् ,  गृहमन्त्री राजिनामा दे लगायतका प्ले कार्ड बोेकेका प्रदर्शनकारीले गृहमन्त्रीलाइ राजिनामाका लागी दवाव सृजना गरेका छन् ।

यस अघि पनि गृहमन्त्री जस्तो जिम्मेवार पद ओगटेर बसेका बादलले पटक पटक गैरजिम्मेवार अभिव्यक्ति दिँदै आएका थिए । कहिले विप्लव कार्यकर्ता को ज्यान जाँदा नेपाली नागरिक होृइन भन्ने खालका अभिव्यक्तिका कारण पनि उनको व्यापक आलोचना भएको थियो । मन्त्री भएको केहि समयमा राम्रो सुरुवात गरेको भनेर चर्चा कमाएका बादल पछिल्लो समय लगातार विवादमा परिरहेका छन् ।

सरकारको मन्त्री हेरफेरको चर्चा चलिरहँदा सत्तारुढ दलकै जिम्मेवार नेता जनार्दन शर्माले खुलमखुला बादलको कामको आलोचना गरिरहेका छन् । विश्वस्त स्रोतले दिएको जानकारी अनुसार गृहमन्त्रायमा शर्मालाई प्रचण्डले वचन दिइसकेका छन् । आफ्नो पद धरापमा पर्ने देखिए पछि बादले गुट परिवर्तन गरेर ओली गुटमा प्रवेश गरेको पनि नेकपाका एक नेताले दावी गरे ।

बादलले गृहमन्त्रालयको नेतृत्व समालेकै बेला विप्लवकाका कारण पनि उनलाई तनाव भएको छ । आक्रामक रुपमा विप्लव कार्यकर्तालाई पक्राउ गर्दा पनि पूर्व सहकर्मी माथि दमन गरेको आरोप त नगर्दा पनि त्यस्ता गतिविधि नियन्त्रण गर्न नसकेको दोषको भारी बादल अहिले चेपुवामा परेको एक नेताले बताए ।

बादललाई गृहमन्त्रीबाट हटाएर अन्य कुनै मन्त्रालयमा सरुवा गर्ने या मन्त्री बाटनै विदा गर्ने भन्ने विषयमा ओली र प्रचण्ड विच पटक पटक कुराकानी भएको स्रोतको दावी र छ ।

तर नेकपा भित्र राम्रो गुट चलाएर बसेका बादललाई चलाइहाल्दा आफुलाई हुन सक्ने फाइदा घाटाको हिसाब किताबले पनि ओलीले तत्काल एक्सन नलिएको बुझिएको छ । तर, अब गृहमन्त्रीका कारण सरकारनै अप्ठेरोमा पर्न थाले पछि धेरै काँध नथाप्ने मुडमा ओली पुगेको पनि स्रोतको दावी छ ।