न्याय मरेको देश (कविता)

कुमार ओझा प्रकाशित मिति : शनिबार, साउन ११, २०७६

                                                                              कुमार ओझा 

आमा, के गर्दैछौं आमा ?
त्यो “न्याय” मरेको देशमा
ठीक आज भन्दा “३६५ दिन” अघि
मेरो जुन हाल भयो के “आज” पनि त्यस्तै छ तिम्रो देशमा ?
म जस्ता तिम्रा “छोरीहरु”को के छ हाल ?
मैले भोगेको नियती उनीहरु कतिले भोगिरहे छन ?
आमा । त्यो “न्याय” मरेको देशमा ।

हो ठीक आजकै दिन म माथि भएको “क्रुर आततायी” आक्रमण
खै कसरी भनौं आमा ??
अन्तिम समय तिमिलाई “बिदा” पनि भन्न पाईन
बाबाको अनुहार “स्पर्स” समेत गर्न पाईन
दिदी बहिनिहरुको “स्मरण” समेत गर्न पाईन
आमा, ती “ब्वाँसाहरु”ले मेरो जीवन “क्षत विक्षत” बनाएको दिन
ती “गिद्दहरु”ले मेरो शरिर जताततै “ठुङ्गठुङ्याएको” दिन
मेरा सपनाहरु “च्यातिएको” त्यो दिन
मेरा भविश्यहरु “टुंगिएको” त्यो दिन
मेरा यात्राहरु “रोकिएको” त्यो दिन
मेरा गन्तब्यहरु “चुँडिएको” त्यो दिन
हो आमा । त्यो “न्याय” मरेको देशमा ।।

तिमिलाई पनि त “सहज” छैन होला
कति न्यायको “भिख माग्दै भौंतारियौ” होली
कति रात रोएरै वितायौ होला “छोरी”को सम्झनामा ?
कति रोयौ होली, “आँसु रित्तिएकी” बाँकी छन ?
“हार गुहार” पनि त गर्यौ होली जताततै
खै कस्ले दियो त “न्यायको” आस ?
खै कस्ले दियो त “न्यायको” विश्वास ?
त्यो “न्याय” मरेको देशमा ।।

सुनेथे तिमिलाई साथ दिने र न्याय माग्नेले पनि “जीवन समाप्त” गर्नु पर्यो
अहिले पनि प्रहरीको “एसएलआर” तिम्रै शिर तर्फ फर्किएको होला
कति “न्यायको” माग गर्ने सन्तानहरु “अपाङ्ग” बनाईयो रे
अहिले त त्यहाँ मेरा सम्झनाका “तस्वीरहरु” समेत च्यातिदैछ रे
न्यायका निम्ती बनेका “फिल्महरु” निलम्बन गरियो रे
त्यो “न्याय” मरेको देशमा ।।

गृहमन्त्री जीका “दमदार” अभिब्यक्तिमा “दम” छ
मर्दै गए “हिजो” निर्मलाहरु
मर्दै रहुन “आज” निर्मलाहरु
र मर्दै जानेछन “भोली” निर्मलाहरु
हो यही हो मेरो देशको “न्याय”
हो यही हो मेरो देशको “लोकतान्त्रिक गणतन्त्र” ?
त्यो “न्याय” मरेको देशमा ।।
तिम्रा “छोरीहरुले” न्याय पाउन्नन
तिम्रा “छोराहरुले” न्याय पाउन्नन
मेरी “आमाहरुले” न्याय पाउन्नन
मेरा “बाबुहरुले” न्याय पाउन्नन
मेरा “दिदीहरुले” न्याय पाउन्नन
मेरा “दाजुहरुले” न्याय पाउन्नन
मेरा “बहिनीहरुले” न्याय पाउन्नन
मेरा “भाईहरुले” न्याय पाउन्नन
त्यो “न्याय” मरेको देशमा
त्यसैले यहाँ सयौं हजारौं “निर्मलाहरुले” न्याय पाउन्नन
“अधिकार” मरेको मेरो देशमा
हो आमा । “मानवअधिकार” मरेको मेरो देशमा
कहिल्यै “न्याय पाउन्नन” निर्मलाहरुले ।।
त्यो “न्याय” मरेको मेरो देशमा
कहिल्यै “न्याय” पाउन्नन निर्मलाहरुले ।।
त्यो “विश्वास” मरेको मेरो देशमा