साताको राशिफल (साउन १२ देखि १८ गतेसम्म )

प्रकाशित मिति : शनिबार, साउन ११, २०७६

साताको राशिफल

मेष राशि

बुधबार बिहानसम्मको समय राम्रो रहेकोले बोलीको प्रभाव बढ्ने हुनाले काउन्सेलिङ तथा मोटिभेसन क्षेत्रमा समय खर्चिनेहरुले मनग्गे धन आर्जन गर्न सक्नेछन् । स्रोत साधन जुट्नाले व्यावसायमा लगानि बढाउन सकिनेछ । आफन्त तथा कुटुम्बबाट सुनिने सुखद समाचारले उत्साह जगाउँनेछ । प्रेम प्रसङमा रमाउन चाहनेहरुका लागि समय उत्तम रहेकोछ । पढाई लेखाईमा मन जानेछ । छोटो दुरिको आन्तरिक यात्राको तय गर्न सकिनेछ ।

दाजुभाईबाट सहयोग पाईने हुनाले आट तथा शाहस गरि लगानि बढाउँन सकिनेछ । बुधबार दिउसोबाट समय मध्ययम रहेकोले राजनिति तथा सामाजिक काम गर्दा ध्यान दिनुहोला आलोचन गर्नेहरु सक्रिय हुनेछन् । बिरोधीहरुको सक्रियता बढ्ने हुदा काम गर्दा ध्यान दिनुहोला । भौतिक सम्पति तथा सवारि साधनको कारोबार गर्दा ध्यान दिनुहोला अप्रिय घट्ना नहोला भन्न सकिन्न।

बृष राशि

साताको सुरु र अन्तको समय राम्रो रहेकोले आट,साहस तथा पराक्रममा बृद्धि हुनेछ भने पुरुषार्थले अधिकार स्थापित गर्न सकिनेछ । सामाजिक सञ्जाल तथा प्रबिधिको प्रयोग गरि आफ्ना भनाईहरु जनमानसमा लैजान सकिनेछ । पढ्ने लेख्ने काममा मन जाने हुनाले नतिजा आफैतिर ल्याउँन सकिनेछ ।

प्रेममा रमाउँन चाहनेहरुका लागि समय फलदायि रहेकोछ । सोमबार,मंगलबार र शनिबारको समय मध्ययम रहेकोले बोल्ने कुरामा ध्यान नजादा आलोचनाको शिकार होईनेछ । कार्यक्षेत्रका कुरा काट्ने तथा खुट्टा तान्नेहरु सक्रिय हुनेछन् । खानपानमा ध्यान दिनुहोला समय मध्यमय रहेकोछ । कुटुम्ब तथा आफन्तसँग घरायसि कुरामा राय बाजिनेछ । व्यापारमा मन्दि आउँनेछ । गित संगितको क्षेत्रमा लाग्नेहरुका लागि समयले साथ दिनेछ ।

मिथुन राशि

नयाँ कामको अवसर आउने तथा गरिरहेको कामबाट मनग्गे धन आर्जन गर्न सकिनेछ । टाडिएका मित्र तथा आफन्त सँगको भेटले मन प्रशन्न हुनेछ । पुराना कमिकमजोरी हरुलाई सच्याउँदै रचनात्मक काम गर्न सकिनेछ । विलाशी बस्तुको प्रयोग मार्फत अरुको ध्यान आकर्षित गर्न सकिनेछ । मायाप्रेममा नजिक हुने समय रहेकोछ ।

सोमबारबाट बुधबार बिहानीपख सम्मको समय मध्ययम रहेकोले बोलेको कुरा पुर्याउन नसक्दा सहकर्मि तथा आफन्तबाट तपाईको आलोचना हुनेछ । पढाई लेखाईमा आत्तिनेबानिले नतिजा आफ्नो पक्षमा पार्न मुस्किल पर्नेछ । परिवारका साथ मिष्टान्न भोजन ग्रहण गर्ने अवसर जुरेपनि खानपानको तालमेल नमिल्दा स्वास्थ्यमा समस्या आउँनेछ । प्रेममा केहि असन्तुष्टि मिलाउँदै बढ्न सकिनेछ । व्यापारमा मन्दि आउँनेछ ।

कर्कट राशि

नयाँ प्रबृधिको प्रयोग मार्फत रचनात्मक काम गरि मनग्गे धन आर्जन गर्नेछ । आफन्त तथा कुटुम्बको धन परिचालन गरेर आम्दानि बढाउँन सकिनेछ । बिछोड भएका सम्बन्धहरु पुनह सुचारु हुनेछन् । आफन्त तथा अग्रजहरुको सहयोगले राम्रा काम गर्न सकिनेछ । प्रेमको डोरो कसिलो भएर जानेछ भने पति पत्निबित बिश्वास बढ्नेछ ।

होटल,रेष्टुरेन्ट तथा बोलेर गर्ने पेशा व्यावसाय फस्टाएर जानेछ । सोमबार,मंगलबार र शनिबारको समय मध्ययम रहेकोले खर्च बढेपनि लामो दुरिको यात्राको तय हुनेछ । विदेशमा बसेर पेशा व्यावसाय गर्नेहरुका लागि समय फलदायि रहेकोछ । न्याय संगत काम नगर्दा दण्ड तथा जरिवाना तिर्नुपर्ने हुन सक्छ ध्यान दिनुहोला । अग्रज तथा आफन्त सँग सैद्धान्तिक राय बाजिनेछ । अध्ययनमा मन नजादा अरुभन्दा पछि परिनेछ । प्रेममा धोका तथा अबिश्वास सिर्जना हुनेछ ।

सिहं राशि

दैनिक खर्च बढ्न तथा भैपरि आउँने समस्याले सताउँनेछ । स्वास्थ्य सम्बन्धि समस्या बढ्ने तथा उपचार खर्च बढ्ने योग रहेकोछ । सापट लगिएका रकम नउठ्नाले दैनिकी असहज हुनेछ । धन तथा भौतिक सम्पति हराउँन तथा लुटिन सक्छ ध्यान दिनुहोला । तापनि लामो दुरिको बिदेश यात्राको गतिलो योग रहेकोछ भने बिदेशी सामानकोे व्यापार फस्टाएर जानेछ ।

सोमबार,मंगलबार र शनिबारको समय राम्रो रहेकोले बिभिन्न साधन स्रोत जुटाई दिगो फाईदा हुने काम आरम्भ गर्न सकिनेछ । पैत्रिक सम्पतिको प्रयोग मार्फत आम्दानि बढाउँन सकिनेछ । शिक्षा तथा बैकिङ क्षेत्रमा गरिएको लगानिबाट मनग्गे धन आर्जन गर्न सकिनेछ । प्रणय सम्बन्धका रमाउँन चाहनेहरुका लागि समय उत्तम रहेकोछ । दाजुभाईको सहयोगले भौतिक सम्पति तथा सवारि साधन जोड्न सकिनेछ ।

कन्या राशि

सानो लगानिबाट मनग्गे धन आर्जन गर्न सकिनेछ भने व्यापार व्यावसाय फस्टाएर जानेछ । मन परेको वस्तु प्रयोग गर्न पाईनाले मन प्रशन्न हुनेछ । बुवा तथा अग्रजहरुको धन तथा सम्पतिको प्रयोग गरि आए आम्दानि बढाउँन सकिनेछ । पढाई लेखाईमा मन जानेछ भने प्रेमको डोरो कसिलो भएर जानेछ ।

समाजमा नेतृत्वदायी भुमिकामा बसेर काम गर्न सकिने तथा मान सम्मान ईज्जत प्रतिष्ठामा बृद्धि भएर जानेछ । नयाँ काम गर्न सकिनेछ भने नोकरिमा बढुवा हुने योग रहेकोछ । व्यापार लगानि गरि मनग्गे धन आर्जन गर्न सकिनेछ भने कृषि,पशुपालन व्यावसाय फस्टाएर जानेछ । पढाई लेखाईमा मन जानेछ भने अध्ययनकै सवालमा यात्रा हुनेछ ।

तुला राशि

बुधबार बिहानीपख सम्मको समय मध्ययम रहेकोले कार्यक्षेत्रमा राम्रो काम गर्न नकस्दा मान सम्मानमा कमिको महशुष हुनेछ । समर्थन गर्नेभन्दा आलोचना गर्नेहरु सक्रिय हुनेछन् । स्वास्थ्य कमजोर रहनोले चाहेको उपलब्धि हासिल गर्न सकिनेछैन । धार्मिक तथा शैक्षिक यात्रा भएपनि कष्टकर हुन सक्छ ध्यान दिनुहोला ।

सरकारि तथा प्रशासनि काममा ढिलाशुस्तिको चपेटामा परिनाले उपलब्धि गुम्न सक्छ । बुधबार दिउसोबाट समय राम्रो रहेकोले उच्च तथा बिशिष्ट व्याक्तित्व सँग मित्रता बढ्नेछ । विभिन्न अवसरको सदुपयोग गर्दै राम्रा तथा परिणाममुखि काम गर्न सकिनेछ । राजनीति तथा समाजसेवामा जनताको समर्थन पाईनाले पद प्राप्तीको योग रहेकोछ । अध्ययनमा प्रतिष्पर्धिहरुलाई किनारा लगाउँदै उत्कृष्ट नतिजा हात पार्न सकिनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ ।

बृश्चिक राशि

समयमा काम सम्पादन नहुँदा निरासा छाउँनेछ । बन्द व्यापारमा मन्दि आउँने तथा आर्थिक संकटको सामाना गर्नु पर्नेछ । कष्टकर यात्रा नहोला भन्न सकिन्न । सवारि साधन तथा भौतिक सम्पतिको प्रयोग गर्दा ध्यान दिनुहोला । अध्ययनमा मन नजादा अरुभन्दा पछि परिनेछ । आफन्त तथा घरपरिवारका मानिससँग मनमुटाब सिर्जना हुने योग रहेकोछ ।

संकट व्यावस्थापनमा चालिएका कदमहरु निअर्थक हुनेछन् । गोप्य योजनाहरु बाहिरिन सक्छ ध्यान दिनुहोला । आफन्त तथा दिदिबहिनीहरुले पनि सहयोग गर्ने छैनन । अल्छि गर्ने बानिले काम बाकि रहनेछ भने शरिर स्वास्थ्य नहुनाले आलश्यता बढेर जानेछ । व्यापारमा लागनि गरिहाल्ने समय नरहेकोले केहि समय पर्खनुनै राम्रो हुनेछ ।

धनु राशि

साताको सुरु र अन्तको समय मध्ययम रहेकोले खानपान तथा मौसमको ख्याल नगर्नाले स्वास्थ्यमा समस्या आउँन सक्छ । कार्यक्षेत्रमा आलोचना गर्नेहरु बढ्ने तथा काम बिग्रने भएले सताउँनेछ । व्यापार व्यावसायमा मन्दि आउँने तथा आम्दानि घट्नाले दैनिकी प्रभावित हुनेछ ।

पढाई लेखाईमा मन नजानाले नतिजा आफुतिर ल्याउँन मुस्किल पर्नेछ । प्रेममा धोका हुन सक्छ ध्यान दिनुहोला । सोमबारबाट बुधबार बिहानसम्मको समय राम्रो रहेकोले व्यापारमा उच्च प्रतिफल हात पार्न सकिनेछ भने व्यापारकै शिलशिलामा रमाईलो यात्रा गर्न सकिनेछ । प्रेम तथा मित्रताको बन्धन कसिलो भएर जानेछ भने जीवन साथिको सहयोग पाईनाले राम्रा काम गर्न सकिनेछ । अध्ययनमा नतिजा आफैतिर ल्याउँन सकिनेछ । साझपख भौतिक सम्पतिको प्रयोग गर्दा ध्यान दिनुहोला समय मध्ययम रहेकोछ ।

मकर राशि

साताको सुरु र अन्तको समय राम्रो रहेकोले भौतिक सम्पति तथा ब्राण्डेड बस्तुको व्यापार व्यावसाय फस्टाएर जाने हुनाले मनग्गे धन आर्जन गर्न सकिनेछ । शैक्षिक तथा व्यावसायिक यात्राको प्रशस्त सम्भावना रहेकोछ । नयाँ काम पाउँने तथा गरिरहेको काममा बढुवा हुनेछ । अध्ययनमा सहजै सफलता हात पार्न सकिनेछ । माया प्रेमको डोरो कसिलो भएर जानेछ भने जीवन साथिको सहयोग पाईनेछ ।

सोमबार,मंगलबार र शनिबारको समय मध्ययम रहेकोले पुराना रोग पुनह बल्झिनाले स्वास्थ्यमा समस्या आउँन सक्छ । बिद्या तथा प्रतिष्पर्धामा आजको दिन समय मध्ययम रहेकोले प्रतिष्पर्धिहरुनै हावि हुनेछन् । अदालति निर्णयहरु तपाईको पक्षमा आउँने छैनन् । प्रणय सम्बन्धमा सामान्य शंकाले केहि समयको लागि टाडिनु पर्ने बाध्यता आउँनेछ । आफन्त,मामा तथा मावलि पक्षसँग राय बाजिनेछ ।

कुम्भ राशि

बुधबार बिहानसम्मको समय मध्ययम रहेकोले समय र कामको तालमेल नमिल्दा योजनाहरु थाति रहनेछ । बौद्धिक क्रिर्याकलापमा भाग लिने अवसर आएपनि न्यून पारिश्रमिकमा चित्त बुझाउँनु पर्ला । अध्ययनमा बाधा हुने तथा अरुका लागि समय खर्चनु पर्नेछ । भौतिक सम्पति तथा सवारि साधनको प्रयोग गर्दा ध्यान दिनुहोला ।

व्यापारमा भनेजस्तो आम्दानि नहुनाले लगानिको बाताबरण टरेर जानेछ । बुधबार दिउसोबाट सत्रु परास्त तथा पुरानो रोगबाट उन्मुक्ति पाईनेछ । नियम संगत गरेका काममा हुने फैसला तपाईकै पक्षमा हुनेछन् । नोकरिमा बढुवा हुने योग रहेकोछ । प्रेममा सामिप्यता बढ्ने तथा भेटघाटमा समय व्यातित हुनेछ । पछि लाभहुने काम सुरु गर्न सकिनेछ ।

मीन राशि

शरिर अस्वस्थ हुनाले दैनिक कामहरु गर्न सकिने अवस्था रहनेछैन । भौतिक सम्पति तथा बिलाशी बस्तु उपाहारको रुपमा प्राप्त हुने भएपनि टरेर जानेछ । व्यापारमा मन्दि आउँने तथा नयाँ ठाउँमा लगानि नगर्नुनै राम्रो हुनेछ । प्रेममा एक अर्कालाई बिश्वास गर्नाले बाध्यताबस छुट्टिनु पर्ने आउँनेछ ।

सन्तान तथा आफन्त सँग मनमुटाब सिर्जना हुनेछ । घरजग्गा तथा सवारि साधनको प्रयोग तथा परिचालन गर्दा ध्यान दिनुहोला समय मध्ययम रहेकोछ । बिश्वास गरेकै मानिसबाट धोका पाईनेछ भने आमा वा आमा सरहका मानिससँग मनमुटाब बढ्ने योग रहेकोछ । राजनिति तथा समाजसेवामा समय लगानि गर्नेहरुका लागि समय मध्ययम भएकोले जनताबाट आलोचनात्मक समर्थन पाईनेछ ।