बुद्धिबंगारो खुस्किएका प्रम ओलिको कारुणिक भासण, म अस्थायी बिरामी हुँ नक्कली होइन

प्रकाशित मिति : आइतवार, साउन १२, २०७६

काठमाडौं :  प्रधानमन्त्री केपी शर्मा ओलीले स्वास्थ्य अवस्था राम्रो नभए पनि आफुँ नक्कली भने नभएको बताएका छन् । गंगालाल राष्ट्रिय हृदय केन्द्रको आकस्मिक तथा बहिरंग सेवा संञ्चालन गरिने नयाँ भवनको उद्घाटन कार्यक्रममा प्रधानमन्त्रीको स्वास्थ्य अवस्था राम्रो नभएको जानकारी गराइए पनि उनले झण्डै ४५ मिनेट भाषण गर्ने क्रममा यस्तो बताएका हुन्।

कार्यक्रममा बोल्दै उनले परापूर्वकालमा आश्विनीकुमारलगायत ऋषिले धन्वन्तरि आयुर्वेदको परम्परा अगाडि बढाएको प्रसंग उल्लेख गर्दै पुर्खाहरुले अन्धविश्वासमा मात्रै नभई प्रयोगको अवधारणा अघि बढाएको बताए। पुर्खाहरुले स्वास्थ्य सम्बन्धी सबै समस्याको समाधान जडीबुटीबाट नै गरेको र स्वास्थ्यकर जीवन बिताएको भन्दै उनले आफ्नो भने ६७ वर्षकै उमेरमा कमजोर भएको र बुद्धिबंगारा पनि फुस्किएको बताए ।

उनले भने म ६७ वर्ष पूरा हुन लागेँ । हिजो बेलुका मेरो दाहिनेपट्टिको माथिल्लो भागको बुद्धिबंगारो आफैं खुस्कियो । १ सय १ वर्षमा मेरो हजुरआमाले भुटेको मकै भटमास चपाउनुहुन्थ्यो । संयोग कस्तो परेछ ।

मेरो चाँहि हिजो बेलुका मात्रै दाहिनेपट्टिको माथिल्लो बुद्धिबंगारो खुस्कियो । छामेर हेरेँ । जरा पनि छैन । रगत पनि आएन । कति असक्त भएको रहेछ । नेपालको भूगोल नै औषधि उम्रने तथा जन्मने र हुर्कने किसिमको भएको र जडीबुटीको प्रयोगमा पुर्खाहरुको असाधारण रहेको उल्लेख गर्दै उनले आधुनिक उपचार पद्धतिमा प्राप्त गरेको सफलता तिनै पुर्खाको जेनेटिक मेमोरीका कारण भएको बताए ।

आधा दर्जन बढी पौराणिक ऐतिहासिक कथाका विषयवस्तुहरु राखेका प्रधानमन्त्री ओलीले भाषणको अन्त्यमा पुग्नै लाग्दा आफू अस्वस्थ रहेको तर भाषण भने लामो गरेको स्वीकार गर्दै नक्कले बिरामी भन्ने भान हुने हो कि भन्दै ठट्टा गरे । उनले भने कल्ले पत्याउने? स्वास्थ्य त्यत्ति राम्रो नभएर नआउने भनेर सुतिरहेको थिएँ । हैन आउनु न त भनेर अलि जोडै गरेपछि उठेर आएको हुँ।

बोल्दै जाँदा लामो भएपछि यो नक्कली बिरामी हो कि क्या हो भन्ने पर्ला । म अस्थायी बिरामी हुँ। यो नक्कली चाँहि होइन ।