चीनमा पहिरोमा परी हाल सम्ममा ३८ जनाको मृत्यु

प्रकाशित मिति : सोमवार, साउन १३, २०७६

चीनको गुइझोउ प्रान्तमा गत हप्ता आएको भिषण बाढी र त्यसपछि गएको पहिरोमा परी ज्यान जाने नागरिकको संख्या ३८ पुगेको जनाइएको छ ।

दक्षिणपश्चिमी चीनको सिचेङ काउन्टीमा गएको सो पहिरोका कारण सोमबार बिहानसम्म पनि १३ व्यक्ति बेपत्ता रहेका छन् ।

स्थानीय समयानुसार सोमबार बिहान ११ बजेसम्म उक्त पहिरोबाट ज्यान जाने नागरिकको संख्या ३८ पुगेको स्थानीय अधिकारीहरुले जानकारी दिएका हुन् ।

गत मङ्गबार नै सो क्षेत्रमा पहिरो गएको थियो ।

तर उक्त पहिरोबाट कम्तीमा पनि ४९ जना स्थानीय नागरिकको भने उद्धार गरिएको बताइएको छ ।

उद्धार गरिएकामा ११ जना गम्भीर घाइते भएकोले उनीहरुलाई अस्पताल भर्ना गरिएको छ । सो पहिरोमा हराइरहेका नागरिकको खोजी कार्य भईरहेको उद्धारकर्ताहरुले जनाएका छन् ।