नयाँ शक्तिका नेतामाथि गोली प्रहार

प्रकाशित मिति : बिहिबार, साउन १६, २०७६

कपिलवस्तु ः  तत्कालीन नयाँ शक्तिका एक स्थानीय नेतामाथि गोली प्रहार भएको छ । कपिलवस्तुको शुद्धोधन गाउँपालिकाका रामनयन यादवमाथि मोटरसाइकलमा आएका व्यक्तिले गोली प्रहार गरेको कपिलवस्तु प्रहरीले जनाएको छ।

वडा नं. ५ देवपुर स्थायी घर भएका यादवमाथि जिल्ला सदरमुकाम तौलिहवा जाने क्रममा वडा नं. ३ स्थित सुसरिया पुल नजिकै दिउँसो १ बजेतिर गोली प्रहार भएको हो ।

कपिलवस्तुका प्रहरी प्रमुख प्रहरी उपरीक्षक दीप शम्शेर जवराले रातापाटीलाई दिएको जानकारी अनुसार उनको हातमा गोली लागेको छ । घाइतेले दुई जनाले प्लपर मोटरसाईलमा आएर गोली प्रहार गरेको प्रहरीलाई बताएका छन् ।

यादव तत्कालीन नयाँ शक्ति पार्टीबाट गाउँपालिकाको अध्यक्षका उमेदवार थिए । देब्रे पाखुरामा गोली लागेका उनको तौलिहवास्थित जिल्ला अस्पतालमा उपचार भइरहेको छ। उनको देव्रे हातको कुहिनो गोली लागेको जनाएको छ ।