३३ किलो सुनकाण्डका अभियुक्त गोल्यानलाई १० लाख धरौटीमा छाड्न सर्वोच्चकाे आदेश

सुन तस्करी
प्रकाशित मिति : शनिबार, साउन १८, २०७६

काठमाडाैं ः सर्वोच्च अदालतले ३३ किलो सुनकाण्ड र सनम शाक्य हत्याका अभियुक्त महावीर गोल्यानलाई १० लाख धरौटीमा थुनामुक्त गर्न सर्वोच्च अदालतले आदेश दिएको छ ।

यसअघि गोल्यानलाई पनि विराटनगर उच्च अदालतबाट अन्यसरह जेल सजायँ तोकिएको थियो । अन्यको हकमा विराटनगर उच्च अदालतकै फैसलालाई सदर गरेहो छ ।

शुक्रबारको बहसपछि न्यायाधीशद्वय अनिलकुमार सिन्हा र सुष्मालता माथेमाको संयुक्त इजलासले गोल्यानलाई धरौटीमा छाड्न आदेश दिएको हो । पेशाले व्यापारी रहेका गोल्यानको मुद्दामा नेपाल सरकार जाहेरी थियो । उनी पुर्पक्षका लागि जेलमै थिए ।

सुन काण्डका मुख्य अभियुक्त मानिएका चुडामणी उप्रेती (गोरे) जेलमै छन् । डिएसपी सञ्जयबहादुर राउत र श्यामबाबु  खत्री थुनामै जाने भएका छन् ।  उच्च अदालत विराटनगरको फैसलाविरुद्ध सर्वोच्च पुगेका राउतको हकमा भने उच्च अदालत फैसलालाई सदर गरेको छ ।

अन्य आरोपीहरु तुलाराम थारु, रामकुमार तिवारी, गोविन्दप्रसाद निरौला, राजन थापा, गोपालकुमार श्रेष्ठ, हेमन्त गौतम, सम्विरप्रसाद तोलाङ्गे, मदन सिलवाल, अमरमान डङ्गोल र बालकृष्ण श्रेष्ठसहित २८ जनाको थुनामा राख्न मोरङ जिल्ला अदालत र विराटनगर उच्च अदालतलेदिएको फैसलालाई सर्वोच्च अदालतबाट आज सदर भएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै तस्करी भएको ३३ किलो लुटिएको घटनामा तस्कर समूहका एक सनम शाक्यमाथि गोरेलगायत समूहद्वारा कुटपिट हुँदा शाक्यको ज्यान गएको घटनामा व्यापारी गोल्यान पनि मुछिएका थिए । उक्त सुनकाण्ड वर्ष दिन बितिसक्दा समेत सुन भने अझै बरामद गर्न सकेका छैनन् ।