रामेछापमा वडा कार्यालयमा बम विस्फोट

विस्फोट
प्रकाशित मिति : शनिबार, साउन १८, २०७६

रामेछाप ः  रामेछापको वडा कार्यालयमा सिलिण्डर बम विस्फोट भएको छ । खाँडादेवी गाउँपालिका वडा नम्बर ३ भीरपानीको वडा कार्यालयमा बम विस्फोट भएको हो ।

अज्ञात समूहले शनिबार बिहान २ बजेतिर बम विस्फोट गराएको वडा अध्यक्ष पुष्कर कुमार कार्कीले जानकारी दिए । कार्कीले कार्यालयका महत्वपूर्ण कागजात नष्ट भएको बताए ।

विस्फोटबाट एउटा कोठा पूर्णरुपमा क्षति भएको छ । प्रहरीले घटनाको अनुसन्धान भैरहेको जनाएको छ ।