फुयालकाे पिसाब थैलीमा १ मीटर २० से मी को बिजुलीको तारा भेटीयाे (भिडियो सहित )

अनाैठाे
प्रकाशित मिति : शनिबार, साउन १८, २०७६

मकवानपुर : मान्छेको पिसाब थैलीमा एक सय बिस सेन्टिमिटरको बिजुलीको ताराभेटियो भन्दा सबैलाई आचार्य लाग्न सक्छ । सुन्दा अचम्म लाग्ने देख्दा डर लाग्ने यस्ता बिरामी फेला परेकाछन् जस्को कथा तपाईहरुलाई सुनाउदा ज्यानै सिरिग हुनसक्छ । मकवानपुर को बकैया गाउपालीका वडा न ४ छत्तिवन जुरेली निबासी कृष्ण बहादुर फुयाल उमेरले ५० बर्ष पुगे । उनि बोल्न र कान पनि सुन्न सकदैनन् । जन्मजातै बोल्न र कान सुन्न नसकने फुयाल बिगत १० महिना देखी बिरामी परे । २ महिना अघि परिबारले उनलाई उपाचारका लागी हेटौडा अस्पताल लगे । हेटौडा अस्पतालले उनको भिडियो एक्सरे गरेर पत्थरी छ भन्दै अप्रेशनको लागी बिरामी परिबारलाई जानकारी गरायो । तर बिरामी फुयालको परिबारले ततकाल औषधी चलाउने निर्णय गरयो ।

लगभग एक महिना सम्म औषधीले निको नभएपछि केहीदिन अघि अचानक फुयालको पिसाब बन्द भयो । पिसाब लाग्ने तर पिसाब फेर्न जादा पिसाब नआउने यो समस्याले फुयाल मात्र होईन उनको परिबार झन तनाबमा रहे । औषधीको भरमा निकोचाल नभएपछि फुयाललाई परिबारले भरतपुरको शान्ति अस्पतालमा लगे । त्यहा पुगेपछि फुयालको साधरण भिडियो एक्स्रे भयो । साधरण भिडियो एक्स्रेमा अष्पट तारा जस्तो भेटिएपछि डाक्टरले पुन एक्स्रे गर्न लगायो । यसपछि बिरामी फुयालको पिसाब थैलीमा स्पष्ट रुपमा बिजुलीको तार देखियो । यसपछि डाक्टरले बिरामीको परिबारलाई जानकारी गरायो । यो सुनेर बिरामी फुयालका परिबार अक्क न बक्क परे । यसपछि फुयाल परिबारले डाक्टरको सल्लाह अनुसार ततकाल अप्रेशन गर्न तयार गरे ।

भगवानको कृपा डा दिवाकर बिश्वासको टिमको मेहनतले बिरामी फुयालको अप्रेशन सफल भयो । डाक्टरले उनको पिसाब थैलीबाट एक मिटर २० सेन्टिमिटरको लामो बिजुलीको लगभग तिन बाईसको माेटो तारा निकालेर सफल अप्रेशन गरे । हेर्नुस त उनको पिसाब थैलीमा जाम भएर बसेको बिजुलीको तार जुन अप्रेशन गरेर निकालिएको थियो । अहिले बिरामी फुयाल सामान्य छन । तर उनको पिसाब शैलीमा यत्ति लामो तार कसरी पुग्यो उनको परिबार अच्चममा परेको छ ।

बोल्न नसक्ने सुन्न नसक्ने बिरामी फुयालमाथि कोहीबाट आक्रमण भएको आसकां गर्छन फुयालका भतिज ईश्वर फुयाल ।  सुन्दा अच्चम लाग्ने यो केसको अनुसन्धान प्रहरीले शुरू गरेकाे छ ईश्वर फुयालले टप खबरलाइ बताए ।