बलवहादुर गरिव परिवारकाे लागि भगवान बन्दै

समाजसेवा
रबिन्द्र बराल प्रकाशित मिति : शनिबार, साउन १८, २०७६

मोरङ ः  २०२५ असार ११ गते बुबा मानध्वोज बस्नेत तथा स्व. माता जसुमाया बस्नेतकाे काेखबाट दाेस्राे सुपुत्रकाे रुपमा संखुवासभा मकालुमा जन्मनु भएको थियोे बलवहादुर बस्नेत ।  एक गरिव परिवरमा हुर्किएता पनि अहिले दिन रात नभनि गाउँ घरमा रहेका गरिव परिवारकाे सहारा बन्न थालेेेेका छन बलवहादुर बस्नेत उहाँले अाफ्नाे पढाईलाई सुनवर्षी माध्यमिक बिधालय गोबिन्दपुर ४ बाट एल सी उतिर्ण गरि उच्च शिक्षाका लागि सरस्वती माध्यमिक बिधालय इटहरा हुदै आईए महेन्द्र मोरङ क्याम्प बिराटनगरबाट अाफ्नाे पढाइलाई अगाडि बडाएता पनि घरकाे अर्थिक अभावका कारण उच्च शिक्षा हाँसिल गर्न नसकेकाे बताए ।

घरमा समेत गरिबी भएकै हुनाले घरपरिवारमा समेत खानाका लागि थाेरै भए पछि सबै परिवारले बाडि चुडि अाफुुहरु बाँच्न सफल भएको दुखेसाे पाेखे । उनले भने घरकाे अार्थिक अभाव भएकै कारण अाफुले कक्षा सात पढने समयमा पहिलोपटक खुट्टामा चप्पल लगाएकाे तर त्याे पनि मेला भर्ने जाने क्रममा हराएको दुखेसो गरेे कक्षा ८ कक्षामा पढने क्रममा पहिलो फुलपेन्ट लगाएकाे र त्याे कक्षा १० सम्म उतिर्ण हुने समय सम्म अाफुले दुई बर्षमा एउटामात्र पेन्ट लगाएकाे अनुभव सुनाए । हालमा उनी रतुवामाई नगरपालिका वार्ड न. ५ मा वस्ने गरेका छन । बलबहादुर बस्नेत पेसाले शिक्षक भए ता पनि उनले गरिव दुखिहरुकाे सेवामा समर्पित भएका छन । उनले अाफ्नाे पढाइलाई निरन्तरता दिन नसकेपछि २०५३ जेठ ८ गते सरस्वती माध्यमिक बिधालय कल्याणपुर निम्न माध्यमिक दरबन्दीमा शिक्षण पेशा सुरु गरेर उनले २०५७ माघ २५ गते माबी झुर्किया सरुवा भएको र २०६३ कार्तिक २६ गते स्थाई आयोग पास गरेर अाफ्नाे परिवार प्रति साह्नुभुति दिदै अगाडि समेत बढेकाे उनलेे बताए । हालमा उनी निमाबी खयरबना कटहरी ४ मा शिक्षण कार्यरत रहेका छन ।

अाफुले दुख भाेगेकाे अनुभव सुनाउदै उनले भने अाफुले अार्थिक अभाव कै कारण अगाडि धेरै पढाइ गर्ने नसकेपनि गाउँमा रहेका गरिव परिवार का छाेरा छाेरी हरुले रकम अभाव कै कारण पढाइ नछाडुन भन्ने उदेश्य ले उनले अाफ्नाे निजि खर्चमा कटहरी बस्दै अाएका अति गरिव परिवार का हस्तबहादुर कार्की लाई अहिले आदर्श माध्यमिक बिधालय बाट कक्षा ८ देखि सबै अाफ्नै खर्च बाट उनले पढाउदै अाएकाे र अहिले ११ मा पढ्दै समेत अाफ्नै खर्चमा बल वहादुर ले गरिब परिवारहरुमा सुसूचित र आर्थिक सम्पन्नता कसरी ल्याउन सकिन्छ भन्ने विषयमा अनुसन्धान र हातेमालो गर्दै दिनदुखीहरुको महलम पट्टी लगाउन ब्यस्त रहने गरेका छन । करिब दुई दशक देखि उनले सेेेवा नै धर्म के हो भन्ने प्रश्नको जवाफ एउटै दिने उहाँ मात्रै अाफ्नाे धर्म मानव सेवा हो भन्ने उनकाे बुझाई रहेको छ । संघर्षशिल जीवनको पुर्वार्ध कठिन रहेको उहाँ बताउनु हुन्छ ।

न्यून बर्गिय किसान परिवारमा हुर्किएर पनि समाजमा समय सान्दर्भिक संघर्ष गर्दै उत्कृष्ट समाजसेवीको रुपमा चिनाउने उहाँको मनसाय बुझिन्छ। समाजमा रहेका न्यून वर्गीय परिवारको उत्थानका लागि आफ्नो सबै संघर्ष समर्पण गर्ने मन्सायले उहाँको दृढ निश्चय साँच्चै नै प्रसंसनिय लाग्दछ । सानातिना दुख बिमार देखि मानव जीवनसँग जोडिएका तमाम समस्याहरुमा आफ्नो उपस्थिति भएको उहाँलाई मनपर्ने बताउनु हुन्छ। उनले दर्जनौ मठ मन्दिर, बृद्दाश्राम, बृद्दा चौतारीहरुमा बस्ने कुर्सी र गर्मीमा हावा खाने बिद्धुतिय पङ्खा जडान गरिदिनु भएकाेे छ । अघिल्लो वर्ष नौ वटा बिद्यालयमा १५७ थान सिलिङ्ग पंखा त उल्लेख गरेका थिए ।

४३० विपन्न बालबालिकालाई स्वेटर बितरण गरेका थिए । वहाँका अनुसार माेरङकाे क्षेत्र नम्बर २ का संम्सद मेनेन्द्र रिजाललाई अाफुले दुई जनाकाे सहयोगमा गरिव परिवारलाई सहयोग गराै भने पछि रिजालले भने अाफु सम्सद काेषकाे रकमबाट मात्रै सहयोग गर्ने तर अाफ्नाे ब्यक्तिगत रकमबाट कुनै सहयोग नगर्ने भन्दै पन्छिन खाेजेकाे बस्नेतले बताए । रतुवामाई नगरपालिका मेयर रबिन राईको अनुरोधलाई उनले एक्लै स्वीकार गर्दै सरकारी बिद्यालयमा अंग्रेजी पढाईको सुरुवातका लागि विभिन्न २६ वटा बिधालयका १६०० बालबालिकालाई पोसाक बितरण गरेको जानकारी दिनु भयो । केही बिधालय र मन्दिरमा मंचका लागि जस्तापाता उपलब्ध गराएका वहाँ यस प्रकारको कार्यले निरंतरता पाईरहने बताउनु भयो ।

गत वर्ष जिल्ला रेडक्रसको अनुरोधमा वहाँले सम्पुर्ण सहभागीहरुलाई १९४ थान झोला समेत बितरण गरि सकेका छन । त्यस्तै रतुवामाई नगरमा संचालित रास्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा उपस्थित अतिथि ,खेल समिति र सबै प्रथम खेलाडीहरुलाई १५४ थान टि सर्ट समेत बितरण गरेर खेल र खेलाडीलाई हौसल्ला प्रदान गर्नु भएको थियो।

वहाँले यहि समाज सेवालाई निरन्तरता दिदै रतुवामाई नगर भित्रका सरस्वती मा. वि. कल्याणपुर ,श्री मा. वि. झुर्किया,लेटि मा. वि. गोबिन्दपुर, जनता मा. वि. ठकठके लगाएत दस वटा विद्यालय र सशस्त्र प्रहरी वेस क्याम्प सौंठा समेतका लागि आवस्यकता अनुसार १२४ थान सिलिङ पङ्खा सहयात्री युवा समाज सौंठाको आयोजनामा एक कार्यक्रमका बिच बितरण गर्नु भयो। वहाँमा समाजसेवा गर्ने अभिप्रेरणाले निरन्तरता पाओस्, शुभकामना ।