ठेक्केदारकाे लापरबाही भवनकाे छत बाङ्गियाे 

लार्पबाही
रबिन्द्र बराल प्रकाशित मिति : आइतवार, साउन १९, २०७६

 

माेरङ :  माेरङकाे रंगेली नगरपालिका ७ स्थित बसपार्कमा मंसिर १७ गतेदेखि निर्माण सुरु भएको १८ बटा काेठाको सटर निर्माण सुरु भएपछि स्थानीयहरु रंगेलीमा बिकासका पुर्वधारहरुकाे काम राम्रो भएको भन्दै सुखि भएका थिए । तर केही साता अागडि अाएकाे अविरल वर्षा भएकै दिन उक्त सटरकाे माथिल्लो भागकाे ढलान भए पछि अहिले उक्त भवनकाे अगाडि र माथिल्लो भाग भने बाङ्गिएकाे र छत समेत गहिरो भएको देखिन्छ ।

गाेविन्द कन्स्ट्रक्सन बिराटनगरले निर्माणका लागि कुल ६५ लाख रुपैयाँ बराबरमा भवनकाे ठेक्का पाएकाे थियोे । नगरपालिकाकाे मुख्य ब्यस्त ठाउँमा समेत ठेक्केदारकाे लापरबाही हुन्छ भने अन्य भित्री गाउँमा भने कस्तो काम हाेला त सहजै अनुमान गर्ने सकिन्छ । स्थानीय निकेश थापाका अनुसार उक्त छत ढलानकाे दिन अबिर वर्षा भएको थियोे ।

ईन्जिनियर लगायत जनप्रतिनिधिहरु समेतले उक्त दिन ढलाना हुनबाट कसैले नराेकेकाे र राति १२ बजे सम्म छत ढलाना भएको थियोे । लगातारको बर्षाले छत ढलाना गरिएको सबै सिमेन्ट बगाए पछि उक्त ठाउँमा छड समेत देखा परेको थियोे । तर ठेक्केदारले पुनः माथिबाट पलस्तर गरेर टालटुल पारेको स्थानीयहरु बताउँछन् । स्थानीय अशुपत्ति मंन्डलका अनुसार छतकाे सेट्रिङ गर्ने समयमा बेवास्ता गरेपछि अहिले भवनकाे अधिकान्स ठाउँमा बाङ्गाे र फुटेको बडि मात्रै रहेको बताए ।

गाेविन्द कन्ट्रसनका प्राेपाईटर अशाेक कुमार साहका अनुसार काम गर्दे जाँदा गल्ति भएको  स्विकार गर्दै  बिग्रेको ठाउँमा पुन मर्मत गरिने भन्दै पन्छिन खाेजेका छन । उक्त भवन अबका दिनमा ईन्जिनियरले कसरी भवन पास गर्नेछन त्याे भने हेर्ने बाँकी रहेको स्थानीयहरु बताउँछन् ।