चिस्याङ खाेलामा आएकाे बाढीले खेतीयोग्य जमिन बगाएपछि स्थानीय आक्रोसित (भिडियो सहीत)

बाढी पहिरो
रबिन्द्र बराल प्रकाशित मिति : आइतवार, साउन १९, २०७६

 

माेरङ :  माेरङकाे चिस्याङ खाेलामा आएकाे बाढीले करोडौं रुपैयाँ पर्ने खेतीयोग्य जमिन खाेलामा परिणत भएको छ । असार महिनाकाे २४ गते अाएकाे अबिरल बर्षाका कारण चिस्याङ खाेलामा पानीको बहाव बडेपछि खेतमा लगाईएकाे धान खेती सहित खेत कटान गरेपछि अहिले त्यस भेगका कृषकहरु चिन्तित बन्न थालेका छन । रंगेली नगरपालिकाकाे बडा नम्बर ४ , ९ र ८ मा रहेका चाेप्राहा, निसानथान, झर्ना घुटु , बाबुसाहेव टाेल , दाैलतपुर लगायतका स्थानहरुमा खेतीयोग्य जमिन कटान गरिएको छ ।

खाेलाले खेत कटान गरेपछि सयाै बिधा खेतीयोग्य जमित खाेलमा परिणत भएको हाे । स्थानीय चुनाव र प्रादेशिक चुनावकाे समयमा सबै राजनीतिग्य नेताहरुले गाउँमा भाेट माग्ने मुख्य नारा खाेलामा तटबन्ध नै हुन्छ । क्षेत्र नम्बर २ बाट साभाषद नेपाली काङ्ग्रेसका मिनेन्द्र रिजाल बिजय भएका थिए भने क्षेत्र नम्बर ५ बाट नेकपा माअाेवादीका शिव कुमार मंन्डल बिजय भएको पनि ३ बर्ष बितिसक्दा समेत जनतालाई बाचा गरेकाेे खाेलामा तटबन्धन भने अझै नलगाएकाे स्थानीय सुर्य बहादुर कार्कीले बताए । उनले भने तीन बर्ष देखि अाएकाे बाढीले अाफ्नाे डेढ बिघा खेत खाेलामा पुग्यो नेताहरुकाे सस्ता र फुस्रा भाषणले गर्दा जनतालाई मुर्ख र बनाउने काम मात्रै भएको भन्दै गुनासाे पाेखे ।

 

त्यसैगरी रंगेली ४ चाेप्राहामा भने चिस्याङ खाेला, चेकाहा खाेला र बक्रा खाेलाकाे पानी एक ठाउँ हुने र साेहि बाटाे भएर पानी बग्ने भए पछि धेरै कटान भएको सत्यदेव मंन्डलले बताए । उनको चार परिवारलाई पालनपोषण गर्ने एक मात्रा माध्यम रहेको अढाई बिघा खेतीबाटैकाे उव्जनिले परिवार पाल्दै अाएकाे थिए । त्याे पनि खाेलाले कटान गरे पछि अहिले खेतिकाे नाममा १० कठ्ठा मात्रै बाँकी रहेकाे दुखेसाे पाेखे २ बिघा खेति खाेलामा परिणत भए पछि उनी अहिले परिवार पाल्नका लागि अरुकाे खेतिमा जन मजदुरी गर्ने जाने गरेको मंन्डलले बताए ।

साेहि स्थानका उपेन्द्र मंन्डलकाे पनि डेढ बिघा खेतबाट अाफ्नाे १० परिवारलाई जसाे त्यसाे पालनपोषण गरता पनि अहिले सबै खेत खाेलाले कटान गरेपछि उनी पनि अहिले अाफ्नाे परिवार कसरी पाल्ने भन्दै बिलाैना समेत गरिरहेका छन । उनीहरु त एक पात्र मात्रै हाे उनिहरु जस्तै सयै गरिव परिवारलाई एउटै समस्या रहेको स्थानीयहरु बताउँछन् । समयमै खाेेेलाहरुमा तटबन्धन नभए बर्षेनि खाेलामा कटान गर्ने स्थानीय बताउँछन् ।

स्थानिय निरास तथा आक्रोसित/ भिडियो हेर्नुहोश