हिमानी शाहले छाेरी सहीत गरिन् यस्ताे घोषणा

समाजसेवा
प्रकाशित मिति : आइतवार, साउन १९, २०७६

काठमाडाैं ः हिमानी ट्रष्टकी अध्यक्ष समेत रहेकी पूर्वयुवराज्ञी हिमानी शाहले प्राकृतिक विपत्तिबाट पीडितहरुलाई सहयोग गर्न ‘दैवी प्रकोप उद्धार कोष’ स्थापना गर्ने घोषणा गरेकी छिन् । बाढी, पहिरो, डुबान पीडितलाई तत्काल राहत उपलब्ध गराउने गरी सो कोष स्थापना गर्न लागिएको पनि स्पष्ट आइतबार कार्यालयमै आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइन् ।

पत्रकार सम्मेलन उनले पूर्वऔरहीका अग्नी पीडित, पश्चिमका खारापानी, महेन्द्रनगर र सुर्खेतका बाढी पीडित तथा बारा, पर्सालगायत जिल्लाका बाढी पीडिलाई राहत दिन पनि कोष स्थापना गर्नु परेको पनि स्पष्ट पारिन् । पत्रकार सम्मेनमै उनले ज्ञानेन्द्र शाहका सन्देशहरु संग्रहित पुस्तक पनि विमोचन गरिन् ।

पुस्तक बिक्रीबाट प्राप्त रकमलाई पीडितहरुलाई सहयोगमा खर्च गरिने जानकारी पनि सोही अवसरमा दिइन् । ट्रष्टले सामाजिक सेवा अन्तरगत भूकम्प पीडितलगायत प्राकृतिक प्रकोपका पीडितलाई राहत तथा सहयोग पुर्याउँदै आइरहेको छ ।

श्रीमान पारस शाहसँग सम्बन्ध राम्रो नरहेको परिचर्चाबीच हिमानी भने सामाजिक सेवा र सहयोगमा निरन्तर सक्रिय रहँदै आएकी छन् । पत्रकार सम्मेलनमा छोरी पूर्णिका पनि उपस्थित थिइन् ।