टंक बुढाथाेकीको “कसरी कसरी २” ‘ट्रेंडिङ १’ मा परे संगै आयुष र अंशुकाे भाग्य चम्किदै

प्रकाशित मिति : सोमवार, साउन २०, २०७६

काठमाडौँ  :  गायक तथा संगीतकार टंक बुढाथोकीको नयाँ गीत अर्थात “कसरी कसरी” को सिक्वेल “कसरी कसरी २” सार्वजनिक भएको  छ ।  गीत सार्वजनिक भएको एकदमै छोटो समयमा ट्रेण्डिङ्ग नम्बर १ मा पर्न सफल भएको छ। समाचार तयार पर्दा सम्म १,३२३,७८२  जनाले हेरिसकेका “टिकटकमा देखेको” बोलको उक्त गीतको भिडियो गत शुक्रबार मात्र सार्वजनिक गरिएको थियो।

टंक बुढाथोकीको अफिसियल यूटुब च्यानल Tanka Budathoki मार्फत सार्वजनिक गरिएको उक्त गीतमा टंक बुढाथोकी र मेलिना राइको आवाज रहेको छ भने शब्द संगीत टंक बुढाथोकी स्वयमकै रहेको छ ।

 

 

चर्चित नृत्य निर्देशक कविराज गहतराजले निर्देशन गरेको भिडियोमा पाँचथर जिल्लाबाट कलाकारितामा उदाउँदै गरेका ८ वर्षीय आयुष गुराँगाईं र ९ वर्षिया अंशु गुराँगाईंकाे नृत्य अब्बल देख्न सकिन्छ ।

त्यसकाे अलावा गायक टंक बुढाथोकी र मेलिना राई, सुनिल क्षेत्री, टिकटकबाट भाईरल भएका जुम्ल्याहा दिदी बहिनी दिपा र दमन्ता श्रेष्ठ, एआर बुडाथोकी लगायतका कलाकारलाइ देख्न सकिन्छ ।