संसारकै महँगो कार किने रोनाल्डोले

प्रकाशित मिति : सोमवार, साउन २०, २०७६

फुटबलर क्रिस्टियानो रोनाल्डोले संसारकै सबैभन्दा महँगो कार किनेका छन् । उनले बुगाटी ला भुइचर नोयर कार किनेको बताइएको छ ।

डेलिमेलका अनुसार यो कारको मूल्य ९५ लाख पाउन्ड ९१ अर्ब ३८ करोड २५ लाख नेपाली रुपैयाँ० पर्छ । यो अहिलेसम्म बनेका कारमध्ये सबैभन्दा महँगो कार हो ।

यो कार बजारमा आइसकेको छैन । पहिलोपटक यो कार जेनेभा मोटर सो २०१९ मा प्रदर्शन गरिएको थियो ।

बुगाटीले अहिले यो कारको एक मात्र प्रोटोटाइप निर्माण गरेको बताइएको छ । कम्पनीको ११०औँ स्थापना दिवसको अवसरमा बनाइएको यही एक मात्र सुपरकार रोनाल्डोले किनेका हुन् ।

रोनाल्डो महँगो कारका सौखिन छन् र उनको कलेक्सनमा पहिल्यै महँगा कार छन् ।