नेपालको रङ्गमञ्च विगत र आगत

पुस्तक चर्चा
प्रकाशित मिति : मङ्लबार, साउन २१, २०७६

नेपालको रङ्गमञ्चमाथि गहन अध्ययन र अनुसन्धान गरी तयार पारिएको ‘नेपालको रङ्गमञ्च:विगत र आगत’ पक्राशित भएको छ । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले प्रकाशित गरेको यो पुस्तक कृष्ण शाह यात्रीले लेखेका हुन् । पुस्तकलाई गत मंसीर महिनामा काठमाडौंमा एक समारोहबीच संस्कृतिविद् डा. सत्यमोहन जोशीले विमोचन गर्नु भएको थियो । नेपालको नाट्य साहित्यसम्बन्धी विभिन्न कोणबाट लेखिएका इतिहास र समालोचनाका थुप्रै पुस्तकहरू पक्राशित भएका छन् ।

नेपालको नाट्य–रङ्गमञ्चसम्बन्धी पुस्तकहरू भने निकै थोरै प्रकाशित भएको देखिन्छ । पुस्तकहरू प्रकाशित भए तापनि धेरैजसो पुस्तकमा राजधानी केन्द्रित नाट्य गतिविधिहरूलाई नै बढी स्थान दिइएको हुन्छ । ‘नेपालको रङ्गमञ्च:विगत र आगत’ पुस्तकले भने राजधानीसँगै राजधानी बाहिर मोफसललाई पनि उत्तिकै महत्वका साथ स्थान दिएको छ । लगभग सात दर्जन नाटक निर्देशन गरिसकेका र दर्जनबढी नाटकका पुस्तक प्रकाशित गरिसकेका यात्रीले यो पुस्तकको सामग्री सङ्कलन गर्न मात्रै दुई दशकभन्दा बढी समय लगाएको बताएका छन् । ५२० पष्ृठ रहेको यस पुस्तकमा विभिन्न रङग्कर्मीहरूका १५० भन्दा बढी पोटे«ेट तस्बीरहरू, सोह्रपष्ृठको नाटकका रङ्गीन तस्बीरहरू भएको फोटो ग्यालरीले ऐतिहासिक महत्व बोकेको छ । अनुवाद नाटक–कालका नाटक निर्देशक मोतीराम भट्टदेखि वर्तमान समयका युवा निर्देशक नवराज बुढाथोकीसम्मको नाट्यकर्मको यस पुस्तकमा ठाउँ पाएको छ । यसैगरी नेपालको पथ्रम नारी कलाकार बुद्धिदेवीदेखि पछिल्लो पुस्ताको कलाकार सरस्वती चौधरीसम्मका प्िरतनिधि रङग्कर्मले यस पुस्तकमा स्थान पाएको छ ।

यो पुस्तक सात खण्डमा विभाजित छ । पहिलो खण्डमा रङ्गमञ्चको सैद्धान्तिक स्वरूपको अध्ययन र व्याख्या गरिएको छ । रङ्गमञ्चको शास्त्रीय ज्ञान जान्न चाहनेहरूका लागि यो अध्याय निकै महत्वपूर्ण  देखिन्छ । यस खण्डमा रङ्गमञ्चको परिभाषा र अवधारणणा, नाटक र रङ्गमञ्चको अन्तर्सम्बन्ध एवं रङ्गमञ्चका तत्वहरूको बारेमा लेखिएको छ । नाट्य आलेख, नाटक निर्देशक, कलाकार, मञ्च सज्जा र रङ्ग सामग्री, रङ्ग प्रविधि, रूप सज्जा, शृङ्गार, वेषभूषा, नाट्यशाला, दर्शकको बारेमा समेत यस खण्डमा छुट्टाछट्टै व्याख्या र विश्लेषण गरिएको छ । यसका साथै रङ्गमञ्चको उद्भव र विकासको बारेमा पनि यहा ँविभिन्न जानकारी पाइन्छ । रङ्गमञ्चसम्बन्धी केही सिद्धान्तहरू प्रस्तुत गर्ने क्रममा आचार्य भरतमुनिको अभिनय सिद्धान्त, अरस्तुको अनुकरण सिद्धान्त र स्तानिस्लावस्कीको अभिनय सिद्धान्तको गहन व्याख्या भएको छ । यस पुस्तकको खण्ड नेपाली रङ्गमञ्चको प्रारम्भिक कालयात्रामा केन्द्रित रहेको छ । लिच्छविकालीन, मल्लकालीन, नेपाल एकीकरणपछिको राणाकालीनलगायत अनुवादित नेपाली नाट्य परम्परा, रङ्गमञ्चमा पहलमानसिंह स्वाँरका नाटक हुँदै डबली नाटकसम्मको व्याख्या गरिएको छ । मल्लकालमा भने भक्तपुर, ललितपुर र कान्तिपुरका गतिविधिहरूलाई छुट्टाछुट्टै उल्लेख भएको छ । यसै खण्डमा राणाकालीन नेपाली नाटक र रङ्गमञ्चका साथै अनुवादित नेपाली नाटक र रङ्गमञ्च, पहलमानसिंह स्वारँका नाटक र रङ्गमञ्च, दबू प्याख (डबली नाटक) र रङ्गमञ्चको समेत अध्ययन भएको छ । यसबाट नेपालको प्रारम्भिककालको रङ्गमञ्चको अवस्थालाई बुझ्न निकै सघाउ  पु¥याउँछ । पुस्तकको तेस्रो खण्डमा ‘नेपाली रङ्गमञ्चको आधुनिक कालयात्रा’ प्रस्तुत गरिएको छ । नेपाली रङ्गमञ्चको आधुनिक कालयात्रा वि.सं. १९९५ बाट प्रारम्भ भएको मानिन्छ । यो वर्ष बालकृष्ण समद्वारा निर्देशित नाटक ‘मुकुन्द इन्दिरा’को प्रस्तुति शैलीका आधारमा नेपाली रङ्गमञ्चमा आधुनिक नाटकको प्रवेश भएको मानिन्छ । यसलाई प्रारम्भ विन्दु मानेर यस नेपाली रङ्गमञ्चको आधुनिक कालयात्रालाई यहाँ तीन चरणमा  विभाजन गरिएको छ ।

प्रथम चरणअन्तर्गत वि.सं. १९९५ देखि वि.सं. २०२९ सम्म भएका नाट्य गतिविधिलाई समेटिएको छ । द्वितीय चरणमा वि.सं. २०३१ देखि वि.सं. २०४६ सम्मका नाट्य गतिविधिलाई राखिएको छ । यसैगरी, तृतीय चरणमा वि.सं. २०४७ देखि वि.सं. २०७२ (सबैभन्दा पछिल्लो वर्ष) सम्मका नाट्य गतिविधिलाई समावेश गरिएको छ । वि.सं.२०३० देखि नेपाली रङ्गमञ्चमा नाट्य प्रेक्षालय निर्माण हुन थाले । नयाँ प्रतिभाशाली नाटक निर्देशक रङ्गमञ्चमा देखिन थाले । काठमाडौंका रङ्गमञ्चमा नियमित नाटक मञ्चन हुन थाले । तीसको दशकमा मोफसलमा पनि नाटक उल्लेख्य सङ्ख्यामा मञ्चन भए । त्यसैले यसभन्दा अघिको समयलाई अर्थात् वि.सं. १९९५ देखि वि.सं. २०२९ सम्मको अवधिलाई आधुनिक नेपाली रङ्गमञ्चको पथ्रम चरण मानिएको हो । वि.सं. २०३० देखि नेपालमा पज्रातन्त्रको पुनस्र्थापना भएको वर्ष वि.सं. २०४६ सम्मको अवधिलाई द्वितीय चरणका रूपमा व्याख्या गरिएको छ । वि.सं. २०४६ पछि नेपालमा वाक स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रता आएपछि थुप्रै संघसंस्था खुल्न थाले । यस अवधिमा नेपाली रङ्गमञ्चमा विभिन्न किसिमका अभ्यास भए । नयाँ–नयाँ नाट्य संस्थाको स्थापना हुनुका साथै नाटकघर समेत यस अवधिमा नियमित सञ्चालनमा आए । रङ्गमञ्चमा नवीन प्रयोगहरू भए । त्यसैले यस अवधिलाई तृतीय चरणका रूपमा लिइएको हो । यसका अतिरिक्त यस खण्डमा नेपाली रङ्गमञ्चमा भएका विभिन्न प्रयोगलाई समेटिएको छ । जसअनुसार यहाँ रङ्गमञ्चमा मल्टिमिडिया प्रयुक्त नाटक, कविता मञ्चन, कथा र निबन्ध मञ्चन, सडक नाटक, सङ्केत नाटक, धारावाहिक नाटक, नदी रङ्गमञ्च, लीला प्रविधियुक्त तथा पात्र–प्रतिक्रियात्मक नाटक, कचहरी नाटक, गीति नाटक, लघुकथा मञ्चन आदिको समेत छुट्टै व्याख्या र विश्लेषण गरिएको छ । यसैगरी यस पुस्तकको चौथो खण्डमा मोफसलमा नेपालको रङ्गमञ्चको स्थिति दर्शाएको छ । नेपाली रङ्गमञ्चमा राजधानीमा जति नाटक मञ्चन र रङ्गमञ्चीय अभ्यास भएका छन्, त्यत्तिकै मात्रामा मोफसल (राजधानी बाहिर) पनि रङ्गमञ्चीय गतिविधि भएका छन् ।

 

नेपाली रङ्गमञ्चको अध्ययन गर्दा मोफसलको अध्ययन निकै कम्ती हुने गरेको छ । मोफसलको रङ्गमञ्चीय स्थितिलाई यसरी बृहत रूपमा अध्यन गरिएको पुस्तक सम्भवतः यो नै पहिलो हुनु पर्दछ । नाटक मञ्चन र रङ्गमञ्चीय गतिविधि भएका जिल्लामध्ये महत्वपूर्ण नाट्य गतिविधिका आधारमा पाँचथर, इलाम, झापा, धनकुटा, भोजपुर, मोरङ, सुनसरी, उदयपुर, ओखलढुंगा, खोटाङ, धनुषा, महोत्तरी, चितवन, बारा, पर्सा, मकवानपुर, नुवाकोट, रामेछाप, कास्की, सुर्खेत, दाङ, पर्वत, हुम्ला र डोटी जिल्लामा भएका सुरुदेखिका रङ्गमञ्चीय पाटोलाई पुस्तकमा स्थान दिइएको छ । यी  जिल्लाहरूमा मञ्चन भएका नाटक, विभिन्न दशकमा सक्रिय नाट्य समूह, नाटक निर्देशक र कलाकारको बारेमा जानकारी दिने उद्देश्यले धेरैजसो स्थानमा यस पुस्तकका लेखकले व्यक्तिगत तवरबाट गरेको स्थलगत भ्रमण, शोधीखोजी र अध्ययनका आधारमा यो खण्ड तयार पारेको बताएका छन् । पाँचौ खण्डमा नेपाली रङ्गमञ्चका प्रतिनिनिधि नाटक निर्देशक र छैटौं खण्डमा नेपाली रङ्गमञ्चका प्रतिनिधि कलाकारहरूको नाट्यकर्मको चर्चा भएको छ । नेपाली रङ्गमञ्चलाई आ–आफ्नो ठाउँबाट गतिशील र समृद्ध बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका अन्य रङ्गकर्मीको चर्चा समेत यस खण्डमा संक्षिप्त रूपमा भएको छ ।

नमुडा बाट