पत्रकार सालिकराम पुडासैनी मृत्यु प्रकरण नयाँ मोड, मोबाईलमा भेटियो अडियाे तथा भिडियो !

प्रकाशित मिति : बुधबार, साउन २२, २०७६

पत्रकार सालिकराम पुडासैनीको मृत्यु प्रकरणले नयाँ मोड आएकाे छ । घटनासंग सम्बिन्धत भेटिएको भनिएकाे अडियाे तथा भिडियोका कारण मृत्यु प्रकरणले नयाँ मोड लिने आशंका गरिएकाे छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार मृतक सालिकरामको मोवाईलमा सुसाईट अडियाे तथा भिडीयो फेला परेको छ । अहिले थप अनुसन्धान गरीरहेको प्रहरीले जनाएको छ ।

भिडीयो भेटीएसँगै साँझपख काठमाण्डौ लैजान लागिएकाे सालिकरामको सव भरतपुरमै राखिएको  र परिवारका सदस्यहरूलाइ भिडियाे देखाएर राती मात्र पाेस्टमार्टमका लागि शव टिचिङ अस्पताल काठमाडाैं पठाइएकाे छ । त्याे भेटिएकाे भनिएकाे अडियाे तथा भिडीयोकाे बारेमा के हाे भनि प्रश्न गर्दा त्याे बारे आधिकारीक पुस्टि छिटै नै बाहिर ल्याइने अहिले अनुसन्धानमै रहेकाे प्रहरीले जनाएको छ ।

भिडियोका आधारमा अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरिक्षक दान वहादुर मल्लले जानकारी दिए । पुडासैनीको साथवाट डिप्रेसनको औषधि समेत फेला परेको उनले बताए । प्रहरी उपरिक्षक दान वहादुर मल्लले आफ्नै कार्यकक्षमा मृतक पत्रकारका परिवार आफन्तहरुलाई सो भिडियो देखाएका थिए । भिडियोमा संचार क्षेत्रका चर्चित व्यत्ति सहितको संलग्नतामा आफूलाई पछिल्लो समय निरन्तर टर्चर दिने गरिएको उल्लेख गरिएको छ । भिडियोमा अरुले करोडौं रुपैंया कमाउने तर आफूले दुःख मात्र गरेको जनाइएको छ । अष्ट्रेलिया डिपेन्डेन्ट भिषामा पठाइदिने भनेर एक जना केटीको पछि लगाएको र पछि त्यही केटीलाई बलात्कार गरेको भनेर फसाउने रणानिति बनाएको भिडियोमा उल्लेख गरिएको स्रोतले बताएको छ ।

सो क्रममा मल्लले भिडियो अडियो कसैलाई रेकर्ड गर्न नदिएको नुवाकोट जिल्ला वेलकोटगढी नगरपालिका वडा नम्वर ३ का वडा सदस्य एवं मृतकका छिमेकी दिपक पुडासैनीले टप खबरलाइ जानकारी दिए ।

अडियाे तथा भिडीयो भेटिएता पनि त्यसकाे बारेमा आधिकारीक पुस्टी बाहिर नआएकाे चितवनकी संचारकर्मी तथा समाजसेबी पुजा भुसालले टप खबरलाइ जानकारी दिइन ।

मृतकका परिवारले दिएको जाहेरीका आधारमा पक्राउ परेका होटल सञ्चालक यज्ञ बहादुर कार्कि अहिले मंगलवार रातिसम्म प्रहरीकै नियन्त्रणमा रहेका छन ।

पत्रकार सालिकराम भरतपुर महानगरपालिका १ नारायणगढस्थित पोखरा बसपार्कमा रहेको कंगारु होटलको कोठामा सोमवार राति ९ बजे झुण्डिएको अवस्थामा मृत फेला परेका थिए । उनका परिवारले घट्ना रहस्यमय भएको भन्दै सत्यतथ्य पत्ता लगाउन माग गर्दै सव उठाउन दिएका थिएनन् ।

केहि महिना अघिसम्म न्युज २४ को सिधा कुरा जनतासँग कार्यक्रममा आवद्ध रहेका सालिकराम पछिल्लो समय माउन्टेन टिभिमा कार्यरत थिए ।