पत्रकार पुडासैनीको आत्महत्याबारे नया रहस्य, अडियाे तथा भिडियाेमा यस्ताे भनेका रहेछन्

प्रकाशित मिति : बुधबार, साउन २२, २०७६

चितवन नारायणगढ स्थित बसपार्कमा रहेको एक होटलमा पत्रकार शालिकराम पुडासैनीले आत्महत्या गर्नुको कारण बारेको भिडियो प्रहरीले फेला पारेको छ । पत्रकार पुडासैनीले भिडियो सन्देश छाडेर आत्महत्या गरेको प्रहरीले जनाएको छ । प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार आत्महत्या दुरुत्साहनवाट भएको खुलेको हो । मृत्यु अघि उनले रेकड गरेको भिडियोमा चर्चित मिडियाकर्मी सहितका केही व्यक्तिका कारण आँफु आत्महत्या गर्न लागेको उल्लेख गरिएको छ ।

उनको मोवाईलमा रेकड गरिएका दुई भिडियो फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । भिडियोका आधारमा अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरिक्षक दान वहादुर मल्लले जानकारी दिए । पुडासैनीको साथवाट डिप्रेसनको औषधि समेत फेला परेको उनले बताए ।

भिडियोमा संचार क्षेत्रका चर्चित व्यत्ति सहितको संलग्नतामा आफूलाई पछिल्लो समय निरन्तर टर्चर दिने गरिएको उल्लेख गरिएको छ । भिडियोमा अरुले करोडौं रुपैंया कमाउने तर आफूले दुःख मात्र गरेको जनाइएको छ । अष्ट्रेलिया डिपेन्डेन्ट भिषमा पठाइदिने भनेर एक जना केटीको पछि लगाएको र पछि त्यही केटीलाई बला*त्कार गरेको भनेर फसाउने रणानिति बनाएको भिडियोमा उल्लेख गरिएको स्रोतले बताएको छ ।

नयाँ भिडियो सार्वजनिक भएपछि परिवारले सन्देशमा उल्लेख भएका व्यक्तिहरुमाथि किटानी जाहेरी दर्ता गर्ने तयारी गरेको छ । मृतक पुडासैनीले भिडियोमा आ*त्मह*त्या रोज्नुको बाध्यताबारे प्रष्ट जानकारी दिएको परिवार स्रोतको दावी छ ।

प्रहरी उपरिक्षक दान वहादुर मल्लले आफ्नै कार्यकक्षमा मृतक पत्रकारका परिवार आफन्तहरुलाई सो भिडियो देखाएका थिए । सो क्रममा मल्लले भिडियो अडियो कसैलाई रेकर्ड गर्न नदिएको नुवाकोट जिल्ला वेलकोटगढी नगरपालिका वडा नम्वर ३ का वडा सदस्य एवं मृतकका छिमेकी दिपक पुडासैनीले जानकारी दिए ।

भिडियोमा दुई जना संञ्चार कर्मी र एक महिलाका कारण आँफुले आ*त्मह*त्या गर्न लागेको जनाईएको पुुडासैनीले बताए । पुडासैनीले भिडियोमा मर्नुको कारण जनाउँदै श्रीमतीलाई आफ्नो सम्पतीको वारेमा जानकारी दिएर परिवार संग मिलेर वस्न आग्रह गरेको बताए ।

भिडियोको आधारमा प्रहरी अनुसन्धान गरिरहेको बताएको छ । भिडियो पाउनु अघि हत्या गरिएको आशंका गरिएको भए पनि भिडियो हेरेपछि आ*त्मह*त्यका लागि दुरुत्साहन गरेको देखिए संगै आँफुहरुले शव वुझेर काठमाडौं आएको पुडासैनीले बताए । शव पोष्टमाटम सकिएकाले आजै अन्तेष्टिको तयारी गरेको उनले बताए । घटनाका विषयमा कानुनी परामर्श गरेर अघि वढ्ने तयारी परिवार र आफन्तको छ ।

प्रहरीले घटनको अनुसन्धान भईरहेको भन्दै विस्तृत विवरण खुलाएको छैन् । अनुसन्धान प्रभावित हुने भएकाले सवै कुरा भन्न नमिल्ले प्रहरी प्रमुख मल्लले जानकारी दिए । पुडासैनीको शव राती काठमाडौं लगिएको थियो ।

उनी सोमवार राती चितवनको नारायणगढस्थित होटल कंगारुमा झुण्डिएको अवस्थामा मृत भेटिएका थिए । दुई महिना अघिसम्म न्यूज २४ मा कार्यरत पत्रकार पुडासैनी केहीदिनदेखि माउन्टेन टेलिभिजनका कार्यरत थिए । उनि रिपोटिङकै लागी चितवन आएका थिए ।नारायणी अनलाइनको सहयोगमा

पत्रकार सालिकराम पुडासैनी मृत्यु प्रकरण नयाँ मोड, मोबाईलमा भेटियो अडियो तथा भिडियो !

पत्रकार सालिकराम पुडासैनीको मृत्यु प्रकरणले नयाँ मोड आएको छ । घटनासंग सम्बिन्धत भेटिएको भनिएको अडियो तथा भिडियोका कारण मृत्यु प्रकरणले नयाँ मोड लिने आशंका गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार मृतक सालिकरामको मोवाईलमा सुसाईट अडियो तथा भिडीयो फेला परेको छ । अहिले थप अनुसन्धान गरीरहेको प्रहरीले जनाएको छ ।

भिडीयो भेटीएसँगै साँझपख काठमाण्डौ लैजान लागिएको सालिकरामको सव भरतपुर अस्पतालमै राखिएको र राती मात्र पोस्टमार्टमका लागि शव टिचिङ अस्पताल काठमाडौं पठाइएको छ । त्यो भेटिएको भनिएको अडियो तथा भिडीयोको बारेमा के हो भनि प्रश्न गर्दा त्यो बारे आधिकारीक पुस्टि बाहिर नआएको र अनुसन्धानमै रहेको प्रहरीले जनाएको छ ।

अडियो तथा भिडीयो भेटिएता पनि त्यसको बारेमा आधिकारीक पुस्टी बाहिर नआएको चितवनकी संचारकर्मी तथा समाजसेबी पुजा भुसाल अनलाइनपानालाई जानकारी दिइन । मृतकका परिवारले दिएको जाहेरीका आधारमा पक्राउ परेका होटल सञ्चालक यज्ञ बहादुर कार्कि अहिले मंगलवार रातिसम्म प्रहरीकै नियन्त्रणमा रहेका छन ।

पत्रकार सालिकराम भरतपुर महानगरपालिका १ नारायणगढस्थित पोखरा बसपार्कमा रहेको कंगारु होटलको कोठामा सोमवार राति ९ बजे झुण्डिएको अवस्थामा मृत फेला परेका थिए । उनका परिवारले घट्ना रहस्यमय भएको भन्दै सत्यतथ्य पत्ता लगाउन माग गर्दै सव उठाउन दिएका थिएनन् । केहि महिना अघिसम्म न्युज २४ को सिधा कुरा जनतासँग कार्यक्रममा आवद्ध रहेका सालिकराम पछिल्लो समय माउन्टेन टिभिमा कार्यरत थिए ।