हलमै नचलि शिल्पा पोखरेलको चलचित्र “आगमन” युटुबमा रिलिज

प्रकाशित मिति : बिहिबार, साउन २३, २०७६

शिल्पा पोखरेलको पहिलो चलचित्र “आगमन ” हालै रिलिज भएको छ ।

 

दि लाईफ एक्स्प्रेस मुभी मेकर्स प्रा. लि. को ब्यानरमा सिने फो नेपालसंग सहकार्य गर्दै निर्माण गरिएको नेपाली कथानक चलचित्र ” आगमन ” शिल्पा पोखरेलको पहिलो फिल्म हो । स्मरण रहोस जुन चलचित्र शिल्पा म्युजिक भिडियोमा हिट हुनुभन्दा अघी को हो । यो चलचित्र आगमनमा शिल्पाको निकै सुन्दर रुपको साथै मन्त्रमुग्ध पार्ने अभिनय रहेको  छ ।

 

राम कार्की र सुरेन्द्र महर्जनको शब्दमा राम कार्कीले संगीत गरेका छन् । यस अागमन चलचित्रमा रामेश्वर कार्की र निरज कंडेलको छायाङ्कन रहेको छ । सम्पादन निमेश श्रेष्ठले गरेका हुन भने यस चलचित्रको कलर चंदन दत्तको रहेको छ साथै मिक्सिङ सन्जय श्रेष्ठले गरेका हुन् । रोशन कुमारको कथालाइ जे बि रूवालीले पटकथा संम्बाद गरेका हुन् ।

 


लागु औषध दुर्बसनि विषयमा धेरै चलचित्र निर्माण भैरहदा यो पृथक म्युजिकल जनरामा सिनेमा बनाउने प्रयास गरेका छन निर्देशक तथा अभिनेता रोशन कुमारले । शिल्पा पोखरेलले लागुपदार्थ सेवन गर्ने एक टिनेजर केटीको भुमिका निबार्ह गरेकी छन् ।

सो चलचित्रमा शिल्पासंग नायक दिनेश जगं र दिनेश शाहीले भरपुर रोमान्स गर्न भ्याएका छन् । साथै अन्य नयाँ तथा पुराना कलाकारहरूको दमदार अभिनय रहेको आगमन चलचित्र बिशेष गरेर धनाढ्य युवा युवतीहरू कसरी बिकृतीमा फस्छन र त्यसले निम्त्याउने परिणामलाइ सस्पेन्स तरवले प्रस्तुत गरिएको छ ।

 

युवाहरुको कथा-ब्यथा, माया प्रेम, सेक्स, धोका जस्ता सम्पूर्ण मरमसलाले भरिपूर्ण एक प्याकेजको रुपमा यो चलचित्र आकस्मिक रुपमा आक्रमक तरिकाले आगो टि भि युटुब च्यानलबाट रिलिज भएको छ ।