छोराले बाबुको हत्या

हत्या
प्रकाशित मिति : शुक्रबार, साउन २४, २०७६

झापामा छोराले बाबुको हत्या गरेका छन् । शुक्रवार बिहान ३० वर्षीय छोरा प्रकाश थापाले बुबाको हत्या गरेका हुन् ।

कमल गाउँपालिका १ बस्ने ७० वर्षीय सूर्यबहादुर थापालाई घरायसी विवादको कारण दाउराको चिर्पटले टाउकोमा प्रहार गर्दा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

वृद्ध थापाको घटनास्थलमा नै मृत्यु भएको थियो । प्रहरी चौकी तोपगाछीबाट खटिएको टोलीले छोरा प्रकाशलाई नियन्त्रणमा लिएको छ। घटनाको अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।