डाईनियाँ बजारमा मानव वेचविखन विरुद्ध दिवस मनायो

जनचेतना
रबिन्द्र बराल प्रकाशित मिति : शुक्रबार, साउन २४, २०७६

माेरङ : माेरङकाे सुनवर्सि नगरपालिका ९ स्थित डाईनियाँ बजारमा बिहीबार प्रभात फेरि निकालिएको छ । मानव वेचविखन विरुद्ध राट्रिय दिवसकाे अवसर पारेर साता व्यापि दिवस मनाउन थालेका छन् । साेहि क्रममा सुनवर्सि नगरपालिकाकाे कार्यलय देखि निकालेको -याली  बजार परिक्रमा गर्दै नगरपालिकाकाे भवनमा गएर -याली सम्पन्न भएको थियो ।

 

 

उक्त -यालीमा नगरपालिकाका उप मेयर मन्जु राई , ईलाका प्रहरी कार्यलय रंगेलीका प्रहरी निरिक्षक लेखनाथ दहाल, बडा अध्यक्ष नागरिक समाजका, पत्रकार, बिध्यालयमा अध्ययनरत बिध्यार्थीहरु, शिक्षकहरु, बुद्धिजिबी, महिला संजालका प्रतिनिधीहरुकाे उपस्थिति समेत रहेको थियोे ।

 

उक्त -यालीकाे प्लेकार्डमा मनावलाई पसु सरह बेचबिखन नगराै, कसैले देखाएको आर्थिक प्रलोभनमा नपराै, बेच बिखन अपराध हाे, दलाल देखि हाेसियार, प्रेम विवाह झुक्याउलान लगायतका नाराहरु लिएर बजार परिक्रमा गरेका थिए ।

 

उक्त कार्यक्रम ईलाका प्रहरी कार्यालय रंगेलीको आयोजना तथा समुदाय प्रहरी साझेदारी अन्तर्गत उक्त कार्यक्रम गरिएको थियोे । मानब बेचबिखन बिरुद्ध कार्यक्रम २० गतेदेखि २७ गतेसम्म देश ब्यापि कार्यक्रम सुरु गरिएको हाे । गाउँ घरमा अहिले रहेको बाल जनचेतना गराउने उद्देश्यका साथ सबैले मानव वेचबिखन बिरुद्ध सबै एक जुट भएर अगाडि बड्नुपर्ने कुरामा जाेड दिएका छन् ।