बलात्कार घटना लेनदेनमा मिलापत्र गराउने ७ पक्राउ

अपराध
रबिन्द्र बराल प्रकाशित मिति : शुक्रबार, साउन २४, २०७६

माेरङ : माेरङकाे रंगेली नगरपालिका ९ मा असार २० गते अशक्त किशाेरी माथि भएकाे बलात्कारकाे घटनालाई गाउँमै मिलाउने ७ जनालाई रंगेली प्रहरीले पक्राउ गरेकाे छ । हाम्रो समाजमा अहिले पनि जघन्य अपराध गर्ने अपराधीलाई पैसाको बलमा उन्मुक्ति दिने प्रचलन कायमै रहेको याे घटनाले सावित गरेकाे छ ।

पछिल्लोपटक रङगेली नगरपालिका ९ स्थित सखुवाथानमा यस्तै घटना सार्वजनिक भएको थियो । घटना विवरण अनुसार गत असार २० गते शारीरिक रूपमा अशक्त रहेकि किशोरीलाई स्थानीय युवाहरू मिलेर सामुहिक रुपमा करणी गरेका थिए ।  घटनामा पिडित परिवार जनले थाहा पाए पछि गाउँका ठुला ठालुले बिपन्न परिवार कि ती किशोरी र परिवारलाइ पैसाको प्रलाेभनमा पारी घटना मिलाउन गाउँमै साेहि स्थानका स्थानीयहरु मिलेेेर मिलापत्रकाे कागज गरेका थिए । एक कान दुइकान मैदान हुँदै साे घटना प्रहरीकाे कान परेपछि प्रहरीले उनिहरुकाे व्यापक खाेजिकार्य गरी घटना पैसाकाे प्रलाेभनमा मिलाउने स्थानीय अभिनय वजगाई, दिलिप कुमार मुर्मु, सुभाष राजबंशी, राम बहादुर राजबंशी, हेमलाल राजबंशी, सेखर गाैतम र चित्र सेन राजबंशीलाइ बिहीबार पक्राउ गरेको छ । उनीहरुलाई शुक्रबार पत्रकार सम्मेलन गरि सार्वजनिक समेत गरिएको छ । तर, कानुनको हात लामो हुन्छ भने जस्तै घटनाका बारेमा समाजका सचेत नागरिकले प्रहरीमा ढिलै भए पनि जानकारी दिए त्यसपछि रंगेली प्रहरीको कान ठाडो भयाे र तत्काल आराेपितलाई कानुनी कठघरामा ल्याउन प्रहरी सफल भएको छ ।

किशोरीलाई सामुहिक रूपमा जबर्जस्ती करणी गर्ने रङेली ९ सखुवाथान बस्ने २५ बर्सिय रोमन मगर, सोही ठाउँ बस्ने २४ वर्षिय प्रीन्स अधिकारीलाई पक्राउ गरि आबस्यक कार्वाही समेत अगाडि बडाई सकेको छ । सामुहिक जवर जस्ति करणिकाे मुद्दामा म्याद थपिएको र घटनामा थप सम्लग्न रहेका गणेश प्रसाद दहाल, रेवत वहादुर काफ्ले र चेत बहादुर मगर फरार रहेको र उनीहरुकाे खाेजि कार्य भईरहेकाेे ईलाका प्रहरी कार्यलयका प्रहरी निरिक्षक लेखनाथ दहालले बताए ।