नेपालमै औषधीमा ५० प्रतिशत सम्म छुट, कतै हामी ठगीएका त छैनाै ?

प्रकाशित मिति : शनिबार, साउन २५, २०७६

काठमाडौ :  नेपालमा सबैभन्दा धेरै ठगी औषधिमा हुन्छ भन्ने हामी सबैले सुन्दै आएका हौँ ।  हरेक औषधिमा अधिकतम छुट दिनसक्नेगरी बजारमा आएको हुन्छ भन्ने चर्चा भर्खरै मात्र चल्न थालेको छ । तर न हामी छुट माग्छौ न त औषधि पसलेले छुट दिन्छन् नै ।

तर आज हामी त्यस्तो औषधि पसलको बारेमा कुरा गर्दै छौ जहाँ जोकोही औषधि किन्दा पसले पुग्दा ५० प्रतिशत सम्म छुट पाईन्छ । न त तपाईले छुट माग्नुनै पर्छ ।

 

महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल परिसरभित्र रहेको मनमोहन कार्डियो थोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरले औषधिमा लेखिएको एमआरपी मूल्यभन्दा ५० प्रतिशत कममा बिक्री गर्दै आएको छ ।

यसरी औषधि पाउन थालिएको बर्षौ वितेको छ । तर धेरैलाई जानकारी छैन । धेरै औषधि सेवनकर्तालाई यो जानकारी होस् भनेर नै यो सामाग्री तयार पारेको हो । यसलाई अधिकतम सेयर गरिदिनुहोला ।

यहाँ डब्लुएचओ जीएमजी सर्टिफाइड राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कम्पनीले उत्पादन गरेको औषधिमा यो छुट पाइन्छ, त्योपनि वर्षौँदेखि । औषधिमा यति धेरै छुट अन्यत्र कतै पाइँदैन । यहाँ न उपभोक्ताले छुट माग्छन् न त औषधि पसलेले नै घटाउँछन् ।

नमागीकनै औषधिमा ५० र र केही सर्जिकल सामानमा ७० प्रतिशतसम्म छुट पाइन्छ । यो खबर पढेपछि सेयर गरिदिनुहोला । अरु पसलमा जाँदा समेत औषधिमा लेखिएको मुल्य भन्दा छुट पाईन्छ त भनेर जहाँपनि छुट माग्नुहोला ।