कविता : तिमी अर्थात चट्टान

तिमी अर्थात चट्टान
एकदिन बेनलोमन्ड माउण्टेनमा उक्लिएर भन्यौ
“हाम्रो प्रेम यो चट्टान जस्तै दह्रो छ, विसाल छ ।”
तिम्रो त्यो बाक्य सँगै मेरा खुशीका दिनहरु शुरु भए
कल्पनाको सपनामा म रमाउन थालें, हराउन थालें
गहिरो विस्वासमा डुब्न थालें
हाम्रो सम्बन्धको नाममा प्रेमको दियो जलाएँ
विस्वासको नयाँ घाम उदाएँ
भरोसाको डुङगा चलाएँ
तर तिमी छिनमै बद्लिएछौं
आँधी हुरी भएर आयौ, दियो निभायौ
कालो बादल बनेर आयौ, घाम छेक्यौ
सुनामी भएर आयौ, डुङगा पल्टायौ
प्रेमको बदलामा घात दियौ
आज आएर सोच्तैछु म,
किन चट्टानको उदाहरण दियौं
तिमी नै बास्तबमा चट्टानभन्दा कठोर रहेछौ ।
पवित्र साँबा
लन्चेष्टन-तास्मानिया, अष्ट्रेलिया
♦