आप्रवासीलाई भिसा र ग्रिन कार्ड दिने नीतिमा कडाइ गर्दै अमेरिका !

प्रकाशित मिति : मङ्लबार, साउन २८, २०७६

अमेरिकाले आप्रवासीहरुका लागि ग्रीन कार्ड प्राप्त गर्ने नीति झनै कठिन पार्ने भएको छ । यसले अमेरिकामा रहेका गरिब आप्रवासीहरूले भिसा अवधि लम्ब्याउन तथा स्थायी बासिन्दाको हैसियत वा ग्रीन कार्ड प्रदान गर्न झन् अप्ठेरो पर्ने छ ।

सो नीतिले एक वर्षभन्दा बढी समय खानेकुरामा सहुलियत वा सार्वजनिक आवास सुविधा जस्ता सरकारी सहुलियत लिएका आप्रवासीलाई लक्षित गरेको छ । त्यस्ता आप्रवासी भविष्यमा पनि त्यस्तै सार्वजनिक सुविधामा निर्भर हुन सक्ने लाग्यो भने सरकारले तिनको निवेदन अस्वीकार गर्न सक्नेछ। अधिकारीहरूका अनुसार यो नियमले आफैँ निर्भर हुन प्रोत्साहन गर्नेछ ।

ब्लिक चार्ज रुल नामक नियम सोमवार सङ्घीय रजिस्टरमा प्रकाशित भएको थियो। यो अक्टोबर १५ देखि लागु हुनेछ । अमेरिकामा स्थायी बासिन्दाको हैसियत पाइसकेका आप्रवासीहरूलाई यो परिवर्तनले खासै असर गर्नेछैन । साथै शरणार्थी वा शरणका लागि निवेदन दिएकाहरूको निम्ति पनि यो लागु हुनेछैन ।

तर भिसा अवधि लम्ब्याउन, ग्रीन कार्ड तथा अमेरिकी नागरिकताका लागि निवेदन दिएकाहरूलाई यसले असर पार्नेछ । जसले आम्दानीको स्तर भेट्टाउन सक्दैनन् वा जो सरकारी सुविधामा निर्भर हुनसक्ने ठानिन्छन् तिनलाई भविष्यमा अमेरिका भित्रन रोक्न सक्नेछ । बीबीसी