समाजसेवी रुद्र भण्डारीको निजी लगानीमा वृक्षारोपण

सेवा
प्रकाशित मिति : मङ्लबार, साउन २८, २०७६

दैलेख :  दैलेख जिल्लाको नमुना दोणाञ्चल क्याम्पस दुल्लुमा विभिन्न फलफुलका विरुवा वृक्षारोपण गरिएको छ ।

वि एड दोस्रो बर्षका विद्यार्थी रुद्र भण्डारीको संयोजकत्वमा उक्त वृक्षारोपण गरिएको हो । उक्त वृक्षारोपणको उद्घाटन क्याम्पस संचालक समितीका अध्यक्ष तिलक प्रसाद रिजालले गरेका थिए साथै क्याम्पस प्रमुख नरेन्द्र बोहोरा, सहायक क्याम्पस प्रमुख तेज बहादुर खड्का, लेखा प्रमुख कृष्ण आर्चाय, हरी भण्डारी, पंकज कठायत लगायतले साथ दिएका थिए ।

दुल्लु नगरपालिका वाड्न ७ का अध्यक्ष लाल बहादुर रावत भैरवी गाँउपालिका वाड्न ४ का अध्यक्ष वीरेन्द्र बहादुर शाही भुतपुर्व बिद्यार्थी संघका अध्यक्ष जितेन्द्र कार्की समाजसेवी विना कार्की तथा बरिष्ट कृषि अधिकृत राजु भुज लगायतको आतिथ्यतामा उक्त वृक्षारोपण भएको हो । सुन्तला, कागती, अमिला जस्ता फलफुलका पाँच दर्जन भन्दा बढि विरुवा क्याम्पस परिसरमा रोपिएको हो ।

त्रिभुवन विश्व बिद्यालय शिक्षण अस्पताल महाराजगञ्ज डिनको कार्यलयमा कार्यरत रहि विभिन्न क्षेत्रमा सेवा प्रदान गर्दै आउनु भएका दैलेख जिल्ला दुल्लु नगरपालिका वाड्न ४ निवासी तथा दोणाञ्चल क्याम्पसका बिद्यार्थी रुद्र भण्डारीले उन्को निजी लगानीमा उक्त विरुवाहरु रोपेका हुन ।

विरुवालाई मलको ब्यवस्थापन भने भुतपुर्व बिद्यार्थी संघका अध्यक्ष जितेन्द्र कार्कीले गरेका थिए ।