आर्थिक अभावले गर्दा दिपेन्द्रकाे उच्च शिक्षाबाट बन्चित हुने अवस्था

 रबिन्द्र बराल प्रकाशित मिति : बुधबार, साउन २९, २०७६

माेरङ :  माेरङकाे सुनवर्सिनगरपाली ५ स्थित टकुवामा बसाेवास गर्दै आएका दिपेन्द्र ठकुरकाे घरको आर्थिक अभावका कारण उनकाे डिग्री सम्मकाे पढाई पढ्ने चहाना भएता पनि त्याे भने पूरा हुन सकेकाे छैन ।

बुबा शिव नारायण ठाकुर र आमा दुखनी ठाकुरकाे काेखबाट २०५४ सालमा जन्मेका एक मात्रै छाेरा हुन सानैदेखि पढाइमा मेहनत र लगनशील भएर उनले SLC परिक्षामा फस्ट डिभिजनबाट उतिर्ण भए तर घरकाे आर्थिक अभावले गर्दा दुख गरेर उनलेे BSC सम्मकाे पढाइ अगाडि बडन सफल भए ।

अब उनको चहाना भनेको डिग्री सम्मकाे पढाइ गरेर आफ्नै खुट्टामा उभिएर देश र जन्ताका लागि केही गर्ने चहाना भएता पनि त्याे भने पूरा हुुुन नसक्ने भन्दै चिन्तित भएका छन ।  १५ घुर जग्गामा सानाे घर भएता पनि घरमा लगाईएकाे बाँसबाट बनेको टाटि समेत भत्किएर दुलाे परेको छ । बुबा पनि सुष्तमनस्थितिकाे हुनुहुन्छ केही पनि काम गर्न सक्नु हुन्न बाेली समेत आउदैन आमा समेत शारीरिक अशक्त हुनुहुन्छ गाउँ घरमा हलुका र सानाे तिनाे काम गरेर मलाई यहाँ सम्म ल्याउनु भयाे । उनले भने अब बुबा, आमा समेत केही काम पनि गर्न सक्नुहुन्न म अब घरकाे एक मात्रै छाेरा भएको हुनाले बुबा आमाकाे पालनपोषण गर्नु कि आफ्नो पढाइलाई अगाडि बडाउनु भन्दै बिलाैना गरिरहेका छन । आमाले पढाइ छाडेर काम गरेर पैसा कमाउन भन्नू हुन्छ । तर आफुलाई भने डिग्री सम्मकाे पढाइ गर्ने चहाना रहेको उनको भनाइ रहेको छ ।

घरमा तीन जनाकाे परिवार छाै घरमा सुत्नका लागि एउटा मात्र खाट छ सधै आफू भुईमै सुत्ने गरेको र राति भए पछि सर्पकाे समेत भय हुने गरेको उनलेे बताए । दिपेन्द्रले भने सानैदेखि काकाहरुले सहयोग गरेर आफ्नो पढाइलाई अगाडि बडाएकाे र दुई बर्ष देखि काकाकाे समेत घरकाे अवस्था कमजोर भए पछि अाफुलाई अझै समस्या परेको गुनासाे पाेखे । अहिले उनी महेन्द्र माेरङ कलेजमा BSC मा अध्यन गर्दैछन । उनलेे बार्षिक रुपमा २० हजार देखि २५ हजार रुपैयाँ सम्मकाे कलेजलाई पढाइ खर्च बुझाउनुपर्ने हुन्छ । पढाइको लागि उनले बिराटनगरमा रहेको केही साना निजि बाेडिङमा अध्यापन गराएता पनि उनलाई मासिक २ हजार देखि ३ हजार रुपैयाँ सम्म रकम दिने गरेकाे तर घर भाडा लिएर बस्नुपर्ने बाध्यता रहेको छ भने खाना खर्च समेत बडि लाग्ने गरेको हुनाले आफुलाई थप समस्या परेको बताए ।

निजि बिधालयमा पढाउदा बिधालयमा समेत फुल समय दिनुपर्ने भनेे पछि आफ्नो पढाइ बिग्रिने डरले अध्यापन समेत गराउन छाडेको उनलेे बताए । नेपाल सरकार , तथा नगरपालिका र गाउँ पालिकाहरुले गरिव, असाय , दलित, अतिविपन्न परिवारका बालबालिकाहरुका लागि पढन पाढन गर्ने तथा सरकारी जागिरमा आरक्षणकाे ब्यवस्थापन गर्ने भनेर कागजमा घाेषणा गरेता पनि त्याे भने ब्यवहारमा भने लागू हुन सकेको छैन । पहुँच भएका र टाठाबाठाहरुका लागि मात्रै आरक्षणकाे ब्यवस्थापन भएको उनलेे बताए । यस बिषयमा सम्धित निकायहरुले ध्यान दिन जरुरी रहेको देखिन्छ ।