पाँचथरमा समेत डेंगुँको प्रकाेप, हाल सम्ममा एक दर्जनमाथिलाइ संक्रमण

प्रकाशित मिति : बुधबार, साउन २९, २०७६

पाँचथर:  फिदिम पूर्वी पहाडि जिल्ला पाँचथरमा दुई साता यता डेंगुका संक्रमण भएका विरामी भेटिन थालेका छन् । जिल्ला स्वास्थ्य कार्यालय पाँचथरको तथ्याङ्क अनुसार जिल्लामा १२ जनामा डेंगुको सक्रमण भेटिएको हो ।

स्वास्थ्य कार्यालय पाँचथरले दिएका तथ्याङ्क अनुसार फिदिम १ का रोशन श्रेष्ठ, कल्पना भण्डारी, श्रीष्मा आङ्देम्बे, सोफिया थापा छन् । त्यस्तै, फिदिम ११ का कमल न्यौंपाने, फिदिम १२ का रामकुमार राई र फालेलुङ गाउँपालिका २ का लोकीमाया बाँनिया, लियन थोक्लिहाङ, देउमाया खत्री छन् ।

मोरङका पुरुषोत्तम पौडेल र काठमाडौंका पुरुषोत्तम आचार्य (हाल पाँचथरमा कार्यरत)लाई डेंगुको संक्रमण भेटिएको कार्यालयका निमित्त प्रमुख तेजबहादुर तुम्बापोले जानकारी दिनुभयो ।
तुम्बापोले भन्नुभयो–“जिल्ला अस्पताल पाँचथरमा डेंगुँ परिक्षण गर्ने किड नहुँदा फिदिम स्थित समर्पित अस्पतालमा परिक्षण गर्दा डेंगुँ भेटिएको हो । जिल्लामा डेंगुँ फेला पर्न थालेपछि जिल्ला अस्पतालमा पनि ३० थान किड झिकाईएको छ । अव जिल्ला अस्पतालमानै परिक्षण हुन्छ ।”

डेंगुँ देखिएका केहिलाई जिल्ला बाहिर रेफर गरेर उपचार भइरहेको तुम्बापोको भनाई छ । कहाँ–कहाँबाट आएका हुन या कहि कतै नगई संक्रमण सुरु भएको भन्ने विषयमा अध्ययन भईरहेको उहाँको भनाई छ ।

तराईका जिल्लामा व्यापक भएको यो संक्रमण जिल्लामा भेटिएपछि स्वास्थ्य कार्यालयले तथ्याङ्क संकलन गर्न थालेको हो । एक्कासी ज्वरो आउनु, ज्वरो पाँच सात दिन सम्म रहनु, आँखाको गेडी तथा टाउकोको पछिल्लो भाग धेरै दुख्नु, शरिर कटकटी दुख्नु लगायत डेंगुका लक्षण भएको तुम्बापोले बताउनु भयो ।

यस्तो समस्या देखा परे चाडो अस्पाताल गएर उपचार गराउन उहाँले आग्रह गर्नुभयो । तुम्बापोले भन्नुभयो–“आम नागरिकमा डेंगु संक्रमणका बारेमा गलत धारणा रहेको छ । यो रोग भयङकर डरलाग्दो हो भन्ने भ्रमका कारण समस्या भइरहेको छ । यो सामान्य संक्रमण हो । अतिनुपर्ने कुनै कारण छैन।”