मंसिर १४ मा उपनिर्वाचन, यी हुन् उपनिर्वाचन हुने क्षेत्र (सूचीसहित)

प्रकाशित मिति : बुधबार, साउन २९, २०७६

काठमाडौं – निर्वाचन आयोगले रिक्त रहेका विभिन्न तहमा उपनिर्वाचनको तयारी थालेको छ । आयोगले आगामी मंसिर १४ मा उपनिर्वाचन गर्ने गरी तयारी थालेको जनाएको छ ।

आयोगले प्रतिनिधि सभा सदस्यका लागि कास्की क्षेत्र नम्बर २ मा उपनिर्वाचन गर्दैछ । तत्कालिन पर्यटन मन्त्री रविन्द्र अधिकारीको हेलिकप्टर दुर्घटनामा निधन भएपछि सो क्षेत्र प्रतिनिधि विहिन थियो ।

त्यस्तै आयोगले प्रदेश अन्तर्गत रिक्त रहेका दाङ क्षेत्र नम्बर ३ को ‘ख’, बाग्लुङ क्षेत्र नम्बर २ को ‘ख’, भक्तपुर क्षेत्र नम्बर १ को ‘ख’मा पनि उपनिर्वाचन गर्नेछ ।

आयोगले विभिन्न कारणले स्थानीय तहमा रिक्त रहेका चार प्रमुख र एक उपप्रमुखको पनि चुनाव गर्दैछ । आयोगले आगामी मंसिर १४ मा हुने निर्वाचनमा ४२ स्थानमा रिक्त रहेका वडाअध्यक्षको पनि निर्वाचन गर्नेछ ।