सुरेन्द्र महर्जन”अमर”को रचनामा छमछ्मी नाच्ने तिज गीत सार्वजनिक

प्रकाशित मिति : बिहिबार, साउन ३०, २०७६

कहिले दशैं कहिले तिहार त कहिले तिज साँच्चिकै नेपालीहरूको चाडपर्व पनि धेरै हामी नेपाली भाग्यमानी नै हो जुन देशमा चाडपर्वको रौनक धेरै नै रहेको छ ।

यसै अवसरमा तिज गीत लिएर कवि, गीतकार, एवं साहित्यकार सुरेन्द्र महर्जन “अमर” को रचना रहेको “छमछ्मी नाच्ने कमर भाँच्ने” तिज गीत सार्वजनिक भएको छ ।

राम कार्कीको संगीत रहेको उक्त तिज गीतमा राम कार्की, सुरेश थापा, शान्ता कार्की र अनिता दंगालको स्वर रहेको छ ।

भिडियोको निर्देशन सुरेश थापाले गरेको हो भने अभिनयमा दर्शने भनी चिनिने हाँस्य कलाकार सुरेश थापा, शान्ता कार्की, अनिता दंगाल, किरण नेपाली, भुवन के पोखरेल र अस्मिता कार्की आदिको बेजोड प्रस्तुत रहेको छ । भिडियो इडिट एस के थापा र सिनेमाग्राफी नवराज खड्काको रहेको छ ।