रवि लामिछानेलाई फेरी अर्काे झड्का, बैंकले पठायाे घर लिलामीको सुचना

प्रकाशित मिति : शुक्रबार, साउन ३१, २०७६

काठमाडौं : चितवन जेलभित्र बसिरहेका रवि लामिछानेलाई फेरी अर्को झड्का लाग्ने खवर सार्वजनिक भएको छ । अमेरिकाको एक बैंकले रवि लामिछानेलाई उनको घर लिलामी गर्ने चिठी पठाएको छ ।

ईशासँगको २५ वर्ष लामो वैवाहिक जीवन टुंग्याएका लामिछानेले पत्नी इसासँग डिभोर्स गर्दा अमेरिकामा उनी बस्ने घर, उनीहरुको खर्चपानी, सन्तानको जिम्मा लिने कागजमा सही गरेका थिए ।

तर पूर्व पत्नीसँग डिभोर्स गर्दाको कागज बमोजिम घरको किस्ता र छोरीको कलेज फि नतिरेका कारण घर खाली गर्न जुन १० तारिखमा अमेरिकाको मेरिल्याण्डको कानून अनुसार सूचना जारी भएको थियो ।

जसमा लामिछानेले घरको किस्ता नतिरेका कारण तत्काल तिर्न भनिएको थियो । एक भन्दा बढी किस्ता नतिरेका कारण लामिछानेको घर लिलामिको खतरामा रहेको सूचनामा जनाइएको थियो । सम्झौता अनुसार एक भन्दा बढी किस्ता नतिरेका कराण तत्काल तिर्न सूचना जारी गरिएको थियो ।

‘सिधा कुरा जनतासँग’ नामक टेलिभिजन कार्यक्रममार्फत चर्चामा रहेका पत्रकार लामिछाने यसअघि पनि विभिन्न विवादमा फस्दै आएका छन् ।

पत्नीसँगको डिभोर्सदेखि पत्रकारको पास लिन्न भन्ने विषय सम्मले लामिछाने विवादमा तानिएका थिए । लामो समय अमेरिकामा बसोबास गरेर उतै घरजम गरेका लामिछाने नेपाल फर्किएर पुन पत्रकारितामा सक्रिय बनेका थिए । तर उनले प्रेस काउन्सिलको नेतृत्व नालायकी भएको भन्दै पास नलिने बताए ।

उनी अवैधानिक रुपमा नेपालमा बसेर काम गरिरहेको भन्दै विरोध तिब्र भएसँगै लामिछानेले अमेरिकाको नागरिकता त्यागेर पुन नेपालको नागरिकता लिएका थिए ।

त्यसपछि उनी पत्नीसँगको डिभोर्स प्रकरणका कारण चर्चामा रहे । पत्नी इशासँग डिभोर्स गरि रविले निकिता पौडेलसँग विवाह गरेका छन् ।