चितवनमा झडप, असइ सहित ५ प्रहरी घाइते (भिडियाे सहित)

प्रकाशित मिति : शुक्रबार, साउन ३१, २०७६

काठमाडौं– शालिकराम पुडासैनीकाे घटनालाइ लिएर चितवनमा पत्रकार रवि लामिछाने समर्थक र प्रहरीबीच झडप भएको छ । शुक्रबार साँझ पत्रकार लामिछाने समर्थक भीडले जिल्ला प्रहरी कार्यालय चितवनमा ढुंगामुढा गरेपछि दुई पक्षबीच झडप भएको हो ।

झडपमा प्रहरीका असईसहित ५ जना घाइते भएका छन् । साँझ आएको ठूलो भीडले प्रहरी कार्यालयमा ढुंगामुढा गरेपछि प्रहरीले केही राउन्ड अश्रुँग्यास प्रहार गरेको थियो । प्रहरीले अहिले स्थितिलाई नियन्त्रणमा लिइसकेको छ ।

बिहीबार साँझ पत्रकार शालिकराम पुडासैनीको आत्महत्याको विषयलाई लिएर टेलिभिजन प्रस्तोता रवि लामिछानेसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको थियो । लामिछाने पक्राउ परेपछि उनका समर्थकले शुक्रबार दिनभर चितवनमा विरोध प्रदर्शन गरेका छन् ।
रबि लामिछानेका दाइले समर्थकहरूलाइ सम्बाेधन समेत गरेका थिए ।