पुडासैनि आत्महत्याको रहस्यमा पुग्छौं : एसपी मल्ल

प्रकाशित मिति : शुक्रबार, साउन ३१, २०७६

सार्वजनिक भएको भिडियोको आधार बनाएर आत्मा हत्याको दोषी रबि लामिछाने मात्र नभएर कसैलाई पनि भन्न नमिल्ने जिल्ला प्रहरी कार्यालय चितवनका एसपी दानबहादुर मल्लले बताएका छन ।

एसपी मल्ल भन्छन् भिडियो मात्र नभएर केहि थपकुरा आएको र अन्य सहयोग पुग्ने थप रिपोर्टहरु आउने क्रम जारी भएको बताउदै अनुसन्धानलाई तिब्र गतीमा लगेर निष्कर्षमा पुगेरै छाेड्ने छाै ।

सबैकुरा पक्का नागरीकले गर्ने भए अदालत आवस्यकता पर्ने थिएन र मृतक पुडासैनीको साथमा रहेको मोबाइल, भिडियोमा उनको आवाज लगायत विषयहरु परीक्षणको आधारमा वास्तविक रहस्यमा पुग्ने बताउदै उनि मर्नुमा कसैको हात भए या कसैले बाध्यता पारेको भए कानुनि दायरामा आउने जानकारी दिदै पुडासैनिलाई न्याय गर्न प्रहरी पछि नपर्ने एसपी मल्लले दाबि गरेका छन ।

पुडासैनीले आत्माहत्या गर्नु अघिको भिडियोमा भनेको कुरा अनुसार न्यूज २४ का कार्यक्रम जनतासँग सीधा कुराका संचालक रवि लामिछाने पुडासैनी आत्माहत्या प्रकरणमा मुछिएर पक्राउ परेका हुन् भने युवराज कँडेल र अस्मिता कार्कीलाई पनि प्रहरीले पक्राउ गरेको हो ।