२०७६ साउन ३२ शनिवारको राशिफल

प्रकाशित मिति : शुक्रबार, साउन ३१, २०७६

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )

अज अकस्मात् धन सम्पत्ति हात पर्नेछ । धर्म कर्म, परोपकार, समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ । शुभकार्यको चर्चापनि चल्नेछ ।

वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )

शुभ समाचार सुन्न पाइनेछ । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिनेछ । घरमा अतिथीको आगमन हुनेछ ।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )

आत्मिक सन्तुष्टि मिल्नेछ । एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ । तिर्थाटनको योगपनि छ ।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )

प्रतिकूल समयले घेरेको छ, संयम रहनु होला । बोलीको विपरीत अर्थ लाग्न सक्नेछ । जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । प्रेममा मनमुटाव आउला ।

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )

नयाँ वस्त्र, अलंकारको प्राप्ति हुनेछ । जोश जाँगर र हिम्मत बढ्नेछ । दैनिक कार्यहरूमा प्रगति हुनेछ । रमणीय र सुखद् यात्राको योग छ ।

कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )

जीवनसाथीको सल्लाहमा गरिएको कार्यमा अधिक सफलता मिल्नेछ । स्वादिष्ट भोजन पाईनेछ । मनमा हर्ष,उमङ्ग र उत्साह छाउनेछ ।

तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )

आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । पारिवारिक सद्भाव बढ्नेछ । साहित्यिक क्षेत्रमा रूची बढ्नेछ । सहयोगी हातहरू अघि बढ्नेछन् ।

वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )

ताके अनुरूप काम नबन्नाले दिक्क लाग्नेछ । झुटा आरोप आईपर्दा समस्या खेप्नुपर्नेछ । अनावश्यक धन खर्च हुँदा मानसिक चिन्ता वढ्नेछ ।

धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )

काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । आकस्मिक धन लाभपनि हुनेछ ।

मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )

इच्छा र आकाङ्क्षा पूर्ण हुनेछन् । ठुला व्यक्तिले तपाईँका मेहनतको प्रसंसा गर्नेछन् । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् ।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )

मनमा शान्ति र अनुहारमा कान्ति छाउनेछ । लामो समयदेखि रोकिएका अधुरा कार्यहरू पुरा हुनेछन् । पारिवारिक सहयोग मिल्नेछ ।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )

गरेको काममा ढिलासुस्ती हुनेछ दबाब र तनाव बढेको महसुस हुनेछ । पारिवारिक समस्या आइपर्ला । विचार गरेर निर्णय लिनु उचित होला ।