नेपाली चलचित्र च्याब्रुङ निर्माण हुने

प्रकाशित मिति : शनिबार, साउन ३२, २०७६

काठमाडाैंः नेपाली चलचित्र च्याब्रुङ निर्माण हुने भएको छ । लिम्बु समुदायको बिबिध कथालाई समेटेर निर्माण गर्न लागिएको चलचित्र च्याब्रुङको आज लिम्बु समुदायका बृज्ञहरुसंगको छलफल कार्यक्रम सम्पन्न भएको छ ।

आज विशेष रुपमा चलचित्रको कथाबस्तुमा रहेर छलफल गरिएको चलचित्रका निर्माता रोशन लिम्बुले जानकारी दिए । छलफलमा याक्थुङ लेखक संघका महासचिब टंक सेलिङ, याक्थुङ युवा मञ्चका मनिश लिम्बु, विश्व मानव सेवा तथा मेलमिलाप संस्थाका काजी लिम्बु, गायक तथा संगीतकार जे पी नेम्वाङ, लेखक तथा चलचित्रकर्मी एन बी अन्जान लगायतको उपस्थिती रहेको चलचित्रका प्रस्तुतकर्ता अशोक क्षेत्रीले जानकारी दिए ।

यो चलचित्रको कथाबस्तु माथि छलफल पहिलो चरणको रहेको र अब बिभिन्न चरणमा लिम्बु समुदायका बिभिन्न संघ संस्था तथा विज्ञहरुसंग छलफल गरिने चलचित्रकी अर्की निर्मात्रि निशा आङ्देम्बेले बताइन् । यस चलचित्रलाइ सागर केरुङले निर्देशन गर्दैछन् ।

चलचित्र च्याब्रुङलाई अशोक क्षेत्री, रोशन लिम्बु, निशा आङ्देम्बे, अनुप लिम्बु, रामु मादेन लगायतले निर्माण गर्न लागेका हुन् । युजेश फिल्मसकाे ब्यानरमा निर्माण हुने च्याब्रुङमा लिम्बु समुदायको बिभिन्न संस्कृतीलाई समेटिने छ ।