रंगेली बजारमा सिसि क्यामेरा जडान, मनिटर प्रहरीले निगरानी हुनुपर्नेमा नगरपालिकाे निगरानीमा

रबिन्द्र बराल प्रकाशित मिति : शनिबार, साउन ३२, २०७६

माेरङ : माेरङकाे रंगेली नगरपालिकाले नगरका मुख्य ब्यस्त बजारमा अपराध नियन्त्रण, दुर्धटना, चाेरी लगायतका गतिविधि नियन्त्रण गर्ने उदेश्यले रंगेली बजारमामा सिसि क्यामेरा जडान गरेको हाे । नगरपालिकाले रंगेली बिराटनगर सडक खण्ड अन्तर्गत रंगेली प्रवेश गर्ने मुख्य ठाउँ र मुख्य बजारका ६ स्थानमा सिसि क्यामेरा जडान गरेको छ ।
नगरपालिकाले करिव १७ लाखको लागतमा सिसि क्यामरा जडान गरेको हाे । रंगेलीकाे मुख्य बजार पर्वमा तित्री टाेल जाने बाटाे, बसपार्क,छोटी भन्सार, भोटुवाबु चौक र नगरपालिका अगाडी सिसि क्यामेरा जडान गरेको छ । मुख्य बजारमा भएका कुनै पनि घटना नियन्त्रण गर्न र प्रहरीलाई अपराध अनुसन्धानका लागी थप सहयोग हुने भएता पनि सिसि क्यामराकाे मनिटर नगरपालिकामा राखिएको हुनाले सार्वजनिक, बिदाका दिन कुनै पनि घटना वा दुर्धटना भएको खण्डमा प्रहरीलाई अपराधी पक्राउ गर्न ढिलो हुने र अपराधी उम्केर भागन सक्ने भएको हुनाले मनिटर प्रहरीलाई नै जिम्मेवारी दिनुपर्ने स्थानीय उमालाल राजवंशीले बताए ।

स्थानीय कमलेश मंन्डलका अनुसार रंगेलीमा सिसि क्यामरा जडान गरिएकोमा नगरपालिकालाई धन्यवाद दिदै उनलेे भने सिसि क्यामराकाे मनिटर ईलाका प्रहरी कार्यलय रंगेलीलाई नै जिम्मेवारी दिएमा प्रहरीलाई अनुसन्धान र शान्ति सुरक्षा गर्ने सहज हुने समेत बताए । मुख्य बजार क्षेत्रमा जडान गरिएको सिसि क्यामेराको नियन्त्रण नगरपालिकाका मेयर दिलिप बगडिया र कार्यकारी टाेम प्रसाद सुवेदीकाे कक्षमा राखिएको छ । यता ईलाका प्रहरी रंगेलीका प्रहरी निरिक्षक लेखनाथ दाहालका अनुसार सिसि क्यामराकाे मनिटर प्रहरीकाे नियन्त्रणमा राख्न आफुले नगरपालिकालाई जानकारी गराएकाे र प्रहरीलाई नै जिम्मेवारी दिने आश्वासन पाएकाे दाहालले बताए । रंगेली नगरपालीकाले बजार क्षेत्रमा जडान गरेको सिसि क्यामेराकाे क्षमता ३६० डिग्रीमा घुम्ने रहेको छ ।