युवा तथा व्यवसायी स्वराेजगार काेषद्वारा एक दिने अभिमुखीकरण तालिम सम्पन्न

रबिन्द्र बराल प्रकाशित मिति : आइतवार, भदौ १, २०७६

माेरङ : नेपाल सरकार युवा तथा व्यवसायी स्वराेजगार काेष सचिवालय द्वारा सञ्चालित एक दिने अभिमुखीकरण तालिम सम्पन्न भएको छ ।

माेरङकाे रंगेली ६ मा अवस्थित मधुवनि प्राथमिक बिधालयकाे भवन उक्त कार्यक्रमकाे गरिएको थियोे । कार्यक्रमकाे प्रमुख अतिथि ईश्वर वचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष तथा स्वराेजगार कर्जा परिचालक सदस्य काैलाश काेईराला, बिष्ट अतिथि ईन्जिनियर कमलेश्वर ठाकुर, सुमन आचार्य, सन्तोष कुमार मंन्डल, अशाेक कुमार मंन्डल लगायतकाे उपस्थित समेत रहेको थियोे ।

उक्त कार्यक्रममा युवा तथा साना व्यवसायी स्वराेजगार काेष र श्री ग्रामलक्ष्मी बचत तथा ऋण सहकारी संस्था बिच भएको सम्झौता अनुसार ५० लाख रुपैयाँ कर्जा सम्झौता भए पछि पहिलो किस्ता मार्फत २५ लाख निकासा भए पछि सहकारीकाे कार्यविधि अनुसार बितरण गरिएको हाे ।

रंगेली नगरपालिका, सुनवर्सि नगरपालिका, रतुवामाई नगरपालिका र धनपालथान गाउँ पालिका भित्र रहेका पशु व्यवसाय, कृषि, व्यपसाय, लगायतमा रहेका ३४ जना ब्यक्तिहरुलाई व्यसायका आधारमा ५० हजार देखि १ लाख रुपैयाँ सम्म उक्त कार्यक्रम चेक हस्तान्तरण गरिएकाे अशाेक मंन्डलले बताए ।