१२ सुन गोहोरो सहित एक पक्राउ

रबिन्द्र बराल प्रकाशित मिति : आइतवार, भदौ १, २०७६

माेरङः माेरङकाे रंगेली नगरपालिका ६ मा रहेको ईलाका प्रहरी कार्यलय रंगेलीले १२ थान सुन गोहोरो सहित एक जनालाई पक्राउ गरेको छ ।

सुनवर्षी नगरपालिका वडा नं. ८ स्थित डाइनिया सिक्टी सडक खण्ड अन्तर्गत छोटी भन्सार कार्यालय अगाडीबाट शनिबार दिउँसो चेक जाँच गर्ने क्रममा मोरङ पथरी-शनिश्चरे नगरपालिका वडा नं.०६ हसन्दह वस्ने हवुलाल धिमालको छोरा वर्ष ५९ को जस वहादुर धिमालकाे साथबाट १२ थान सुन गाेहाेराे पक्राउ गरिएकाे छ ।

लाेपाेन्मुख संरक्षित जीव सुन गाेहाेराेलाई साईकलमा ल्याउदै गरेको अबस्थामा फेला पारी पक्राउ गरी थप अनुसन्धानका लागि सुन गोहोरो र जस वहादुर धिमाललाई जिल्ला वन कार्यालय विराटनगरमा पठाईएको रंगेली प्रहरी निरिक्षक लेखनाथ दाहालले बताए ।