साहित्यमा रुबाइको इतिहास, एक सर्न्दभ

प्रकाश आङ्देम्बे प्रकाशित मिति : सोमवार, भदौ २, २०७६

रुबाइको पुर्वअवस्था

रुबाइ(एकबचन), रुबाइयात(बहुवचन) फारषीभाषाको लोक लय भएता पनि यसलाई मलजल र अग्लो सृजनात्मकता दिने काम उमर खैयामले गरे । रुबाइको अध्यन गर्दा उमर खैयामलाई अध्यय्न नगरी पूर्णता पाउन सक्तैन । गणितिज्ञ, ज्योतिषविद, खगोलशास्त्री, दार्शनिक, वातावरणविद्, भूगोलविद्, इन्जिनियर, संगीतज्ञ, खनिजविद्, बातावरणविद, कवि आदि विविध विधाका महान प्रतिभा हुन उमर खैयाम (पर्सियन सन्१०३८–११३१) । उनको पूरा नाम Ghiyath al-Din Abu’l-Fath ‘Umar ibn Ibrahim Al-Nishapuri al-Khayyami हो आजभन्दा लगभग हजार वर्ष(हालको इरान) पहिले निशापुरमा जन्मिएका । उनको बाल्यकाल बाल्ख (हाल अफगानिस्तानको उत्तरी भूभाग) मा वितेको थियो भने खैयामले समरकन्ड(हालको कायरो र बगदाद) मा शिक्षा हासिल गरेका थिए। उनले विशेष (गणितमा) अलजेब्राको आधुनिकिकरण र आधुनिक क्यालेन्डरको स्थापना गरेका थिए । आफ्नो समयअवस्थामा उनलाई संसारको दार्शनिक भनेर पनि उल्लेख गरिएको पाइन्छ ।

रुबाइ अंग्रेजी साहित्यमा स्थापना

व्रिटेन साम्राज्यले ग्रेटव्रिटेनको सपनालाई व्यापकता दिन भारतवर्ष लगायत मुगलक्षेत्रमा आक्रमण र लुटपाट (साम्राज्य विस्तार) गर्ने क्रममा भेटिएका सवै बस्तुहरु, डकुमेन्टसहरु आफैसँग लगे । तीनै मध्ये अन्तत उमर खैयामका रुबाइयातहरु पनि लगिए । लुटेर, खोसेर वा बटुलेर व्रिटेन ल्याइएको लेखनीय सामाग्रीहरु हेर्ने काम प्रोफेशर कोवेलको जिम्मामा थियो । अन्तत उनले फारसी भाषाका ज्ञान भएका अर्का प्रोफेशर Edward FitzGerald (31 March 1809 – 14 June 1883) लाई यो जिम्मा दिए । FitzGerald ले भाव र संरचना दूवैको मर्मलाई ध्यानमा राखेर खैयामका सृजनालाई अनुवाद गरेर विश्वभर परिचित बनाए । उदाहरणका लागि खैयामद्वारा सृजित एक फारसी रुबाइ र त्यही स्ट्रक्चरमा Edward FitzGerald गरेको भाषा, भावानुवाद ।

خيام اگر ز باده مستى خوش باش
با ماه رخى اگر نشستى خوش باش
چون عاقبت كار جهان نيستى است
انگار كه نيستى، چو هستى خوش باش‎

which translates in FitzGerald’s work as:
And if the Wine you drink, the Lip you press,
End in the Nothing all Things end in — Yes —
Then fancy while Thou art, Thou art but what
Thou shalt be — Nothing — Thou shalt not be less.

क्रमश: फिजराल्डकै सोही अनुवादलाई निम्न मिति र निम्न पटक अनुवाद गरिए ।
1st edition – 1859
2nd edition – 1868
3rd edition – 1872
4th edition – 1879
5th edition – 1889
पाँचौ सँस्करणसम्म आइपुग्दा फिजारल्डद्वारा अनुवादित खैयामको एक रुबाइ ।

“A Book of Verses underneath the Bough,
A Jug of Wine, a Loaf of Bread–and Thou
Beside me singing in the Wilderness–
Oh, Wilderness were Paradise enow!”

प्रसँग उमर खैयामको

उमर खैयामको नाम सम्बन्धी पनि रोचकिलो किस्सा छ । उमर खैयाम जहिले पनि समयप्रति एकदम संवदेनशिल थिए रे । पलपल समयको महत्ववोध गर्थे रे । समय वित्ने कुरामा उनलाई एकदम चिन्ता लाग्ने गरेकाले सवैलाई भन्थे रे – समय खत्तम छ, समय वित्दो हुन्छ । अहिलेको पललाई नै जीवनमा रुपान्तरण गर्नुपर्छ । “उमेर(समय) खत्तम छ । जीवन क्षणभंगुर छ । उमेर खत्म, वाट उमर खत्याम हुँदै उमर खैयाम हुन गयो ।”(खैयामकी मधुशाला । अनु: डा. हरिवंस राय बच्चन)
विशेषत उमर खैयामका रुबाइहरुमा रक्सी र स्त्रीको बढी उल्लेख पाइन्छ । रक्सी यानकी भट्टी, स्त्री यानकी जवानी, बैँस, आकर्षण (थाहा नपाइ छिटो वित्ने समयवस्था) । धार्मिक सम्प्रदायले, धार्मिक नशाले मान्छेहरुले जीवन भुलिरहेको अवस्थाको वोध गरेर, धार्मिक अत्यचारको, धार्मिक रुढताको दलदलवाट समाजलाई मुक्त गराउन, व्यँग स्वरुप रक्सी र भट्टीको प्रतिक प्रयोग गरेका थिए । एउटा स्त्री, को मतलव सवैभन्दा आकर्षण समयको प्रतिक स्वरुपमा उल्लेख थियो । भट्टिमा हजारौँ मानिसहरु, हज्जारौँ विचारहरु एकै ठाउँमा मिलेर बस्न, खान, गफिन सक्छन् तर मन्दिर, मस्जिदमा त्यो फराकिलो आकाश छैन भनेर व्यँग गरेका थिए । उनी मानवीयता प्रति एकदम सचेत थिए । मानवियता धर्मभन्दा, सम्प्रदायभन्दा महत्पूर्ण छ उनलाई थाहा थियो । यही वकालत गर्थे उनी ।

रुबाइको भावपृष्ठ

आफुले ज्यानभन्दा बढी प्रेम गरेको पे्रमी या प्रेमिका(आफन्त)को वियोगमा हृदय भक्कानिएर निस्किएको शब्द नै रुबाइको भाव पृष्ठ हो भनिन्छ । आफन्तको वियोगमा रुनुसँगको अर्थ रोलाई, रुलाई हँुदै रुबाइ हुन गयो ।(खैयामकी मधुशाला । अनु: डा. हरिवंस राय बच्चन) । यो एउटा संयोग मात्र हो । मानवीय संवेदनाको वहुरँग, वहुभाव सँगै समाज र समयको प्रतिविम्ब सृजनाहरुमा प्रतिविम्वित हुने भएकोले गर्दा सृजनाको प्रारम्भ जसरी भए पनि आज हरेक भाव, मानवीय घटनाहरुलाई यसले सम्वोधन गर्न सक्तछ ।

Edward FitzGerald को बारेमा

फिजराल्ड युरोपका मध्यकालिन कवि थिए । उमर खैयामका फारषी रुबाइयातलाई अँगे्रजी साहित्यमा अत्यन्तै सुन्दर तरिकाले संरचनागत र भावगत पक्षलाई ख्यालमा राखेर अनुवाद गरे । मारकाट, युद्दले आक्रान्त बनेका युरोपका आम मानिसहरुमा खैयामका स्त्री र मदिराको सृँगार भाव पोखिएका रुबाइहरुले एकप्रकारको नया अनुभव, रिफ्रेश्मेण्ट जन्मायो । नयाँ आशा, उमँग र मानवीय सौँन्दर्यप्रति पुन लालयित बनायो । खैयामका अनुवादित रुबाइयात रातारात सवैको मनका स्थापित हुन पुग्यो । अँग्रेजी साहित्यमा सृंगाररस (रोमान्टिसिज्मः वडस्वर्थ, किट्स, शेली, वाइरन आदि)को प्रारम्भ यहींवाट भएको उल्लेख पाइन्छ । अँग्रेजी साहित्यमा फिजराल्डका अलावा निम्न अनुवादकले पनि खैयामका रुबाइयातलाई अनुवादक गरेका छन् ।

1)Graf von Schack
2)Friedrich von Bodenstedt
3)Edward Henry Whinfield
4)J.B. Nicolas
5)John Leslie Garner
6)Justin Huntly McCarthy
7)Richard Le Gallienne
8)Edward Le Gallienne
9)Edward Heron Allen
10)Franz Toussaint
11)A.J. Arberry
12)Robert Graves and Omar Ali Shah
13)Peter Avery and John Heath Srubbs
14)Karim Emami
15)Ahmed Rami
16)Ahmad Saidi

Other languages
• Many Russian language translations have been undertaken, reflecting the popularity of the Rubaiyat in Russia since the late 19th century and the increasingly popular tradition of using it for the purposes of bibliomancy. The earliest verse translation (by V.L. Velichko) was published in 1891. The version by Osip Rumer published in 1914 is a translation of FitzGerald’s version. Rumer later published a version of 304 rubaiyat translated directly from Persian. A lot of poetic translations (some based on verbatim translations into prose by others) were also written by German Plisetsky, Konstantin Bal’mont, Ts. Banu, I. Tkhorzhevsky, L. Pen’kovsky, and others.
• In Polish, several collections of Rubaiyat have appeared, including one by Professor Andrzej Gawroński, which is regarded as the best.
• Poet Cornelis Jacobus Langenhoven (1873–1932, author of Die Stem van Suid-Afrika) produced the first translation in Afrikaans. Herman Charles Bosman wrote a translation in Afrikaans published in 1948.
• Eric Hermelin translated the Rubaiyat into Swedish in 1928.
• G Sankara Kurup produced a translation into Malayalam (1932)
• Thirunalloor Karunakaran translated the Rubaiyat into Malayalam in 1989.
• Duvvoori Ramireddy translated the Rubaiyat into Telugu in 1935.
• Maithili Sharan Gupt and Harivanshrai Bachchan translated the book into Hindi in 1959.
• Kantichandra Ghosh, Muhammad Shahidullah (in 1942), Kazi Nazrul Islam (in 1958) and Shakti Chattopadhyay (in 1978) produced translations into Bengali
• D. V. Gundappa translated the work into Kannada as a collection of poems titled “Umarana Osage” in 1952
• Gopal Chandra Kanungo illustrated and translated the book into Oriya in 1954. Devdas Chhotray adapted Edward Fitzgerald’s work in Oriya and recorded it in musical form in 2011.
• Thomas Ifor Rees produced a Welsh translation, published in Mexico City in 1939.
• Francesco Gabrieli produced an Italian translation (Le Rubaiyyàt di Omar Khayyàm) in 1944. Alessandro Bausani produced another translation in 1965.
• Fraînque Le Maistre produced a Jèrriais version (based on FitzGerald’s 1st edition) during the German occupation of the Channel Islands 1940–1945.
• Robert Bin Shaaban produced a version in Swahili (dated 1948, published 1952)
• Kerson Huang based a Chinese version on FitzGerald’s version. Other than that there are altogether 48 translations(partial or complete) into Chinese, the complete list can be found at Baidu Baike.
• In 1990, Jowann Richards produced a Cornish translation.
• Scottish poet Rab Wilson published a version in Scots in 2004.
• Fan Noli produced an Albanian translation, the melody and poetics of which are highly regarded.
• At least four versions exist in the Thai language. These translations were made from the work of Edward FitzGerald many years ago. Their respective authors are HRH Prince Narathip Prapanpong, Rainan Aroonrungsee (pen name: Naan Gitirungsi), Pimarn Jamjarus (pen name: Kaen Sungkeet), and Suriyachat Chaimongkol.
• Haljand Udam produced an Estonian translation.
• The poet J. H. Leopold (1865–1925) rendered a number of Rubaiyat in Dutch.
• The Kurdish poet Hajar translated the Rubaiyat in his Chwar Parchakani Xayam, which is also available as an audiobook in which the narrator sings the verses.
• Armenian poet Kevork Emin has translated several verses of the Rubaiyat.
• The Assyrian journalist and poet Naum Faiq translated the Rubaiyat into the Assyrian language.
• In Finnish language first translations were made by Toivo Lyy in 1929. More recently Jaakko Hämeen-Anttila (1999 and 2008) and Kiamars Baghban with Leevi Lehto (2009) have translated Khayyam in Finnish.
• The earliest translation in Hungarian consisted of a few stanzas taken from the French version of Nicolas, by Béla Erődi in 1919-20. Lőrinc Szabó finalized his translation of the Fitzgerald version in 1943.
• First Czech translator is Josef Štýbr. At first he translated from English (from Fitzgerald’s “translations”) (1922), after that from original language (1931). Translation from original can be found on Czech wikisource (770 poems). Next translators are mentioned here.
• The first translator into Slovene was Alojz Gradnik, his translation being published in 1955. It was translated again by slovene translator and poet Bert Pribac in 2007 from the French Toussaint edition.[7]
• The first translation of nine short poems into Serbo-Croatian was published in 1920, and was the work of Safvet beg Bašagić. In 1932, Jelena Skerlić-Ćorović re-published these nine, alongside 75 more poems. In 1964, a noted orientalist Fehim Bajraktarević published his translation of Rubaiyat.[7]
• Hồ Thượng Tuy translated from English into Vietnamese (from FitzGerald’s 1st edition) in 1990.
• Nguyễn Viết Thắng produced a Vietnamese translation of 487 rubaiyat, translated from English and Russian in 1995, published in Hanoi in 2003.
• Xabier Correa Corredoira published a Galician translation in 2010.[8]
• Hemendra Kumar Roy translated the Rubaiyat into Bengali.
• Christos Marketis translated 120 rubaiyat into Greek in 1975.
• Srimadajjada Adibhatla Narayana Das (1864–1945) translated the original Persian quatrains and Edward Fitzgerald’s English translations into Sanskrit and pure-Telugu. Pandit Narayana Das claimed his translation was more literal than that of Fitzgerald.

रुबाइको संरचना

रुबाइ मुलत फारषीमूल (भाषा)को एक लोक लय हो । फारषीभाषामा गाइने छोटो गीति लय हो । यो अनिवार्य चारहरफ भित्र अनुबन्धित हुन्छ । नेपाली लयहरु झ्याउरे, हाक्पारे, पालाम, सिली, सेलो इत्यादि झैं यसको पनि आफ्नै संरचना छ । यसको पनि आफ्नै नियम छ । उदाहरण स्वरुप गोविन्द विकलद्वारा सृजित एउटा रुबाइ प्रस्तुत गर्दछु ।

तिमी भयौ आँखाको नानी जस्तै
तिमी भयौ खोलाको सङ्लो पानी जस्तै
विर्षनै नसक्ने भएँ अब म तिमीलाई
मेरो जीवनको श्वास फेर्ने बानी जस्तै…..

(यहाँ नानी, पानी र बानी (काफिया) मध्यानुप्राश हो । त्यसपछि आएका जस्तै (रदिफ) अन्त्यानुप्राश हो । पहिलो, दोश्रो र चौंथो हरफमा अनिवार्य काफियाको आवश्यक्ता पर्दछ । रदिफ भए अझ सुनमा सुगन्ध झैं हुन्छ । पहिलो हरफले विषयवस्तुमा प्रवेश । दोस्रो हरफले थप व्याख्या । तेस्रो हरफ (स्वतन्त्र हुन आवश्यक छ) ले कौतुहलता र चौथोहरफले समग्र भावलाई एकमुष्ठ रुपमा प्रहार गर्दछ । समग्र रुबाइ एउटै विषयमा केन्द्रित हुन आवश्यक छ । काफिया अलमलका कारण पूरा नभएका गजलका दुई शेरलाई पनि रुबाइ भन्न थालिएकोछ तर यो नत गजलको लागि हितकर हुन्छ न त रुबाइको लागि नै । हरेक विधामा झैँ रुबाइलाई पनि विश्वास र सम्मान पुर्वक लेखिनु आवश्यक छ ।

नेपाली साहित्यमा रुबाइ

कहिलेदेखि नेपाली साहित्यमा रुबाइ भित्रियो यो खोजको विषय हो । तर, रुबाइ संरचनाका सृजना भने पाँच दशक आसपासवाट सृजिन थालिएको पाइन्छ । भिमदर्शन रोक्का, भूपि शेरचन, हरिभक्त कटुवाल आदिका रचनाहरुमा पनि रुबाइको संरचना पाइन्छ तर वहाँहरुले त्यसलाई कविता, टुक्रा, मुक्तक आदि भनेकाले त्यसलाई हामीले पनि रुबाइ नै हो भनेर जिकिर गर्न अव्यवहारिक हुन जान्छ । सायद यसको पछाडि यो संरचनालाई के भनिन्छ भन्ने अध्यय्न र सन्दर्भ सामग्रीहरुको तात्कालिक अभाव पनि हुन जाला । कतिपय स्रष्टाहरुले रुबाइ भनेर फाट्टफुट्ट पनि लेखेको पाइन्छ तर आधिकारिक रुबाइ कृति भने केदार सत्याल(विराटनगर)द्वारा २०३२ चैतमा प्रकाशित उमर खैयामका रुबाइयात को भावानुवाद हो । यो कृतिमा गहन अध्ययन् र संरचनाको आधारभन्दा पनि रुबाइ साहित्यको विश्व बजार र हिन्दी साहित्यमा भएको लोकप्रियतालाई ख्यालमा राखेर सत्यालद्वारा नेपालीमा प्रेमले गरिएको भावानुवाद मात्र हो । सत्यालद्वारा अनुवादित रुबाइ कृति आधारको हिसावमा पहिलो भएता पनि नेपाली साहित्यमा रुबाइको संरचानागत मर्म र धर्ममा रहेको प्रथम मौलिक रुबाइयात कृतिको श्रेय भने वि.स.२०६१ सालमा प्रकाशित ग्याँसचेम्बरमा बुद्ध लाई जान्छ । यो कृतिपछि नेपाली साहित्यमा रुबाइ यति लोकप्रिय भयो कि एकदशकको यो अवधिमा नै दर्जनौ रुबाइ कृतिहरु प्रकाशित भइसकेका छन् । विश्वको जुनसुकै भूगोलमा बसे पनि आज नेपाली रुबाइयातले साहित्यको आकाश ढाकेको छ । भारतीय नेपाली साहित्य र तेस्रो देश पुनर्वासको शिलशिलमा यूरोप, अमेरिका, अष्ट्रेलिया आदि भूगागमा फैलिएका नेपालभाषी भूटानीहरुको कारण विश्व साहित्यमा नेपाली रुबाइको गर्विलो उपस्थिति अग्लिइरहेको छ ।

निष्कर्ष :

साहित्य सृजनाको क्षेत्र आफैमा हार्दिकताको क्षेत्र हो । जुन, फूल, नदी, घाम, इन्द्रेणी, झर्ना आदिलाई यति महान कसैले बनायो भने त्यो साहित्यले हो । राजनीतिले हज्जारौँ सुन्दरता लत्याएर एउटा कुरुपता खोतल्छ । तर साहित्यले हज्जारौँ कुरुपताबीच एउटा सुन्दरता खोतल्छ । सुन्दरताको आँखा साहित्य रहेछ । कुरुपताको आँखा राजनीति । हामी सृजनामा आफ्नो अस्तित्व खोजिरहेका छौँ । आफ्नो अस्तित्व खोज्नुको मतलब अरुको अस्तित्वलाई पनि सम्मान गर्नु हो । विश्व साहित्यमा हरेक विधाहरुका आफ्नो आफ्नै अस्तित्व छ, पहिचान छ । हरेको रँग छ, स्वअर्थ छ र अर्थ हुनुको साँस्कृति, भौगोलिक, हार्दिक कारणहरु छन् । रुबाइ साहित्य पनि त्यसमध्ये एक हो । आज विश्व फेसवुक कल्चरमा प्रवेश गरिसकेको छ । विश्वमा चलेका कुनै पनि तरँगवाट हामी मुक्त छैनौ । यो ग्लोवल भिलेजमा हामीले रुबाइलाई पनि उसकै अस्तित्वमा स्विकार्न मन परायौँ । हामीले इतिहास, शिद्धान्त, प्रमाण, जीवन्तता र हार्दिकता सहित रुबाइलाई नेपाली साहित्यमा पनि रुबाइ भन्ने हिम्मत गर्यौ । हामीले रुबाइलाई उसकै नाम, पहिचान सहित स्विकारी अगाडि बढ्न चाह्यौ र बढी रहने छौ । सहि स्रष्टा र सृजनशिलहरुले हाम्रो यो अभियानलाई भित्रै देखि स्किार्नु भएको छ । हामी पनि नेपाली रुबाइलाई विश्वमाझ गर्विलो तवरले उभ्याउने कसरतमा छौँ । रुबाइ साहित्य मात्र होइन हामी अन्य साहित्यका विधालाई पनि उत्तिकै सम्मान गर्दछौ । हामीलाई थाहा छ, सृजनाका जुनै विधा पनि आफैमा सुन्दर र शक्तिशाली हुन्छन् । साहित्यको जुनै विधा भए पनि भावनाका अभिव्यक्तिय रुप मात्र हुन् । जे लेखे पनि सृजनाको मर्म र धर्म समेटिनु पर्दछ । सही र सृजनात्मक सामथ्र्य भए मात्र हरेक विधा सम्मानित हुनेछ भन्ने वोध छ हामीलाई । यही लेख्नुस भन्दैनौ हामी । तँपाइ त्यही विधामा कलम चलाउनुस जुन विधामा तँपाई आफुलाई सहज र सरल रुपमा पोख्न सक्नुहुन्छ । रुबाइ साहित्य पनि कसैको वाध्यता नबनोस् हामी यही चाहान्छौ ।

अन्तमा

हामीले वोध सहित, प्रमाण सहित, प्रेम सहित र गर्व सहित रुबाइलाई रुबाइ भनेर सृजना गर्दा कसैले पनि एकलकाँटे आधारमा हाम्रा सृजनालाई मुक्तक या अन्य विधाको साँघुरो संवोधन नगरी दिन अनुरोध (खबरदारी) गर्दछौँ ।

अन्तमा एउटा रुबाइ

तर्क गर्दा कोक्याउने सुर्ती भयो भन्छन्
व्यस्त रहदाँ आरिषले फुर्ती भयो भन्छन्
भन्नेहरु भनिरहन्छन् मुख टाल्न सकिदैन
मौन भई बस्ता पनि मुर्ती भयो भन्छन्……. ।

                                                                                                                  क्रमशः……..

♦प्रकाश आङ्देम्बे