अवैध रूपमा भारत मदिरा लैजाने पक्राउ

रबिन्द्र बराल प्रकाशित मिति : सोमवार, भदौ २, २०७६

मोरङ : मोरङ सुनवर्षी नगरपालिका वडा नम्वर ८ सिक्टि स्थित नेपाल-भारत सिमाना नजिकैबाट प्रहरीले बिहान ९ बजे जाँच गर्ने क्रममा भारत अररिया जिल्ला गधाकार घर भएका वर्ष २० को अमित कुमार शर्मालाई पक्राउ गरेको छ ।

नेपालबाट भारत तर्फ जाँदै गरेको BR 39 N 9840 नम्बरको भारतिय मोटरसाईकलको डिक्कीमा लुकाई छिपाइ लाैजादै गरेको UMANG लेखिएको चलानी रक्सी सहित पक्राउ गरिएको छ । उनको साथबाट ३२ (वत्तीस) बोतल मदिरा फेला परेको र उनलाई आवश्यक कारवाहीको लागि आन्तरिक राजश्व कार्यालय बिराटनगरले जरिवाना सहित ४३ हजार ३ सय ८० रकम ताेके पछि सम्बन्धित ब्यक्तिले तिर्न नसकेपछि उनलाई कारागार चलान गरिएको ईलाका प्रहरी कार्यलय रंगेलीका प्रहरी निरिक्षक लेखनाथ दाहालले बताए ।