चलचित्र च्याब्रुङ टिमकाे छलफल कार्यक्रम सम्पन्न

प्रकाशित मिति : मङ्लबार, भदौ ३, २०७६

काठमाडाैंः नेपाली चलचित्र च्याब्रुङ टिम निर्माणकाे तयारी सँगसँगै बिभिन्न छलफलमा जुटिरहेको छ । लिम्बु समुदायको बिबिध संस्कृतिलाइ समेटेर निर्माण गर्न लागिएको चलचित्र च्याब्रुङ टिमले लिम्बु समुदायका बृज्ञहरुसंग छलफल कार्यक्रम सम्पनन भएकाे छ ।

लिम्बु समुदाय भित्रका बिबिध संस्कृतिहरूमा रहेर छलफल गरिएको चलचित्रकी निर्मात्री निशा आङ्देम्बेले जानकारी दिइन् । छलफलमा युजेश फिल्मस का संचालक तथा निर्माता एन बी अन्जानकाे अध्यक्षातामा लेखक तथा साहित्यकार धर्मेन्द्र नेम्वाङकाे प्रमुख अातिथ्यतामा याक्थुङ लेखक संघका महासचिब टंक सेलिङ, तथा बिभिन्न लिम्बु समुदायका संघ संस्थाका प्रतिनिधिहरू लगायतको उपस्थिती रहेको चलचित्रका प्रस्तुतकर्ता अशोक क्षेत्रीले जानकारी दिए ।

यो चलचित्रको कथाबस्तु माथि छलफल दाेश्राे चरणको रहेको र अब बिभिन्न चरणमा लिम्बु समुदायका बिभिन्न संघ संस्था तथा विज्ञहरुसंग छलफल गरिने चलचित्रका अर्का निर्माता राेशन लिम्बुले बताए । यस चलचित्रलाइ सागर केरुङले निर्देशन गर्दैछन् ।

चलचित्र च्याब्रुङलाई अशोक क्षेत्री, रोशन लिम्बु, निशा आङ्देम्बे, अनुप लिम्बु, राम मादेन लगायतले निर्माण गर्न लागेका हुन् । युजेश फिल्मसकाे ब्यानरमा निर्माण हुने च्याब्रुङमा लिम्बु समुदायको बिभिन्न संस्कृतीलाई समेटिने छ ।